केहि स्वतन्त्र विचारहरू, साहित्यझैँ लाग्ने केहि टुक्राटाक्रीहरू, कतै गुनासो, कहिँ गथासो, राम्रा ठानिएका तस्वीरहरू र आफ्नै अनुभवसँग साटिएको जीवनखण्डका वर्णनहरू !
यसमा विशुद्ध व्यक्तिगत विचारहरू, कविताहरू, लेख-रचनाहरू लेखिनेछन् । तस्वीरहरू राखिनेछन् । गाउँबेसी बस्दा आर्जेको अनुभोगहरू सहरबजारमा शेयरिनेछन् । चित्त दुखाइका कुरा होलान् । रमाइला प्रसङ्ग पनि देखिएलान् । गाउँले पाराको बोली तीतो लाग्ला । क्षमाप्रार्थी हुनेछु कतै दोष भएमा । जमर्को यो केवल आफूलाई प्रस्फुटन गर्ने । अरु केही होइन ल ।