Posts

Showing posts with the label trekking

पाँचपोखरी यात्रा र केही अजीब कुराहरू

Image
हरेक साल एउटा गन्तव्य जाने हाम्रो टोलीले यो पटक चयन गरेको ठाउँ थियो सिन्धुपाल्चोकको पाँचपोखरी - थाङपाल गाउँपालिकास्थित पाँचपोखरी । समुद्र सतहदेखि ४१००मिटरको उचाइमा रहेको यो धार्मिक तथा पर्यटकीय स्थानको विविध सांस्कृतिक महत्व रहेको छ । नाग कुण्ड , भैरव कुण्ड , सरस्वती कुण्ड , गणेश कुण्ड र सूर्य कुण्डका नामबाट चिनिने यी स - साना पोखरीहरूको छेवैमा महादेवको मन्दिर पनि छ र त्यहींबाट उत्पन्न हुन्छ इन्द्रावती नदी । काठमाडौंबाट २ दिनमै पुग्न सकिने यो ठाउँमा बस्न र खानको लागि त्यस्तो समस्या पनि देखिंदैन । छोटो पदयात्राको लागि उपयुक्त यो ठाउँको अन्य जानकारीतिर म केन्द्रित हुन चाहन्न । त्यस्ता कुरा अनेकौं ब्लग , भ्लग र युट्युवतिर छ्यालब्याल पाइने नै छन् । म बरु यस यात्रा दौरानका केही मनोत्तेजक अनुभवहरू समेट्न चाहन्छु । माइक्रो बसले मन्दिरछेउबाट टिपेपछि हामी (प्रभातरञ्जन , अशोक , दीपक , मन्नु , जमल , लक्ष्मण , विशाल) सातजनाको सानो टोली “ लाग्दैन धूलो गोडैमा , एमजी रोडैमा ” लगायतका गीत सुन्दै बनेपा - बर्दिबासको बाटो लम्कियो । आजभोलि बसयात्रामा प्राय नेपाली कर्णप्रिय...

रारा यात्रामा भेटिएका फापर-मानवको अद्भूत कथा

Image
डुङ्गाबाट पूर्वी क्षेत्र हेर्दा दिनको करिब ३ वा ४ बजेतिर रारा राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीले हाम्रो गाडी रोके । पस्नुअगाडि नामथर लेखेर शुल्क तिर्नुपर्ने बताए । नामलेखनको अभिभारा डा . हेमराज गैरेले लिए , आफूसहित डा . प्रभात रंजन पोखरेल , अशोक ऐर , लक्ष्मण खनाल , जमल गिरी , विशाल बाबु बस्नेत , रत्न मिश्र र महेश खड्काको नाम लेखिसकेपछि उनी “ अ-लाई आकार र क-लाई उकार के कसो हो ” सोध्न थाले । त्यसैले अकुञ्चन श्रेष्ठ आफैं नामलेखनमा सरिक भए । नामसँगै उमेरहरू गैरेले आफैं मिलाएर लेखेपछि सुरक्षाकर्मी हल्का गफिन थाले । गफिनु नि के भन्नु र ? उनले त सोझै दुर्भाग्यको वखान लाए । त्यो कुरा यस्तो थियो - “ कस्तो ब्याडलक के तपाईँहरूको ? एकछिन अघि आएको भए पूरै हिउँ हेर्न पाउने । अलिकति ढिलो भो । कस्तो दुर्भाग्य !” “ ओहो हो र ! आज हिउँ परेको थ्यो ?” हामीमध्येकै हिउँको पारखीले प्रश्न गरेको थियो । “ हो नि । कस्तो मजाको हिउँ थ्यो बिहान ७ बजेसम्म । ” उनले प्रष्ट पारे र फेरि हाम्रो दुर्भाग्यप्रति ‘ चुच्चुच् ’ गरे । हाम्रो टोली विहान कालीकोटको मान्मबाट निस्केको थियो यस्तै ६ -...