Posts

Showing posts from July, 2014

पात्रको खोजीमा-E2

 (दोस्रो शृंखला ) few episodes पात्रको खोजीमा (S02E01) july 27.2014 घरबाट निस्कने बेलामा घनघोर पानी पर्छ । कतिको मनमा खुशी ल्याउँछ यस्ले । किसानहरू रोपाईं गर्न तम्सिन्छन् । बटुवाहरू भने दिक्क मान्छन्, कोही रमाउलान् यसको वर्षात हेर्दै, कसैले रच्लान् गजल । वर्षाको स्वरूप उल्लासमय छ । आकाश रिसाएझैं गडगडाउँछ, बिजुली चम्किन्छ; रिसको आगोसरी । धुम्म आकाशलाई धर्तीले फकाउँछे । अपूर्व मिलनमा वर्षिन्छ झरी । अनि खुल्छ आकाश तृप्त भएझैं र धर्ती; शर्माएझैं हरियाउँछे । यो वर्षा नै पात्रात्मक बनेको छ आज ! ________________________ पात्रको खोजीमा (S-02; E-02)   july 29, 2014 चर्को घाममा उभिरहन्छ । हूरीमा हल्लिन्छ तर झुक्दैन । झरीमा रुझ्छ तर आत्तिदैन । कहिले सर्वाङ्ग नाङ्गिन्छ, लजाउँदैन । फूलले सुशोभित हुन्छ, मात्तिदैन । उसले स्थिर जरा गाडेको छ र स्थाना रहन कम्मर कसेको छ । त्यसैले खुसी देख्तछु म सँधै सँधै उसलाई । सुख, दु:ख, हर्ष, पीडा सबै मौसमजस्तै क्षणिक हुन् -- यस्तै सिकाइरहेको छ उसले ।  मेरो कोठाछेउको गुलमोहरको रूख्; आजको पात्र ! ________________________ पात्रको खोजीमा (S-02; E-03) ...