यसो गरे कसो होला ?
यसो गरे केहि होला कि ? भूकम्पजस्तो दैवी विपत्तिलाई कसैले टार्न सकिने होइन | यसको न कुनै सही अनुमान लगाउन सकिन्छ न त भरछेक गर्न नै सम्भव छ | परन्तु भूकम्पको बारेमा सही जानकारी राख्नु, यसको सम्भाव्यताबारे बुझ्नु, पूर्वतयारी गर्नु र जोगाऊका उपाय अपनाउनु चैं अबको आवश्यकता बनेको छ | हालै नेपालमा गएको विनाशकारी भूकम्पपछि संचारमाध्यमहरूबाट प्राप्त समाचार र सूचनाका आधारमा यो लेख लेख्दैछु | सुरुमा यस गम्भीर सङ्कटबाट आहत हुनुभएका सम्पूर्ण मानवजनमा हार्दिक सहानुभूति प्रकट गर्दछु | भूकम्पको वैज्ञानिक कारण, प्लेटहरूको चाल, भूकम्पीय जोखिम न्यूनीकरणका उपाय आदिको बारेमा उपयोगी कुराहरू सम्बन्धित विज्ञहरूबाट यदाकदा आइसकेका छन् र भविष्यमा थप आउने छन् | यहाँ आफ्नै शैलीका केही सुझावहरू सुचीबद्ध गर्दछु जुन कुराहरूलाई मैले भूकम्पजस्ता जोखिमसँग देशले कसरी सामना गर्न सक्छ भन्ने हेतु प्रस्तुत गरेको हुँ | १. नेपाल भूकम्पीय दृष्टिले अत्यन्त झोखिम क्षेत्रभित्र पर्दछ | इतिहासलाई हेर्दा हरेक ६० देखि १०० वर्षमा विनाशकारी भूकम्प जाने आंकलन गर्न सकिन्छ | भुधरातलको गर्भाशयमा...