Posts

Showing posts from September, 2015

स्वास्थ्य व्यापारको अन्त्य गरौँ

Image
स्वास्थ्य व्यापारको अन्त्य गरौँ - चिराग नेपाली, काठमान्डौ अब नेपाली बजारमा स्वास्थ्य व्यापार नौलो कुरो रहेन | ग्रामीण इलाकामा पनि परिचित भैसक्यो यो शव्दावली | व्यापार त्यस्ता कुरामा गरिनु ठिकै हो, जसको सम्बन्ध विलासितासँग छ | दैनिक जीविकामा गाँसिएका यावत् संसाधनहरू पनि व्यापारसँग प्रत्यक्ष परोक्ष रुपमा सम्बन्धित छन् | दाल, चामल, नून, कपडा, गाडी, घर, जग्गा आदि कुराहरू व्यापारिक जिनिस हुन् | यिनमा व्यापार अपेक्षित छ | तर मानव-स्वास्थ्यजस्तो संवेदनशील विषय बजारमा बेच्न राखिएको जिनिस झैँ किनबेच गरिनु कतिसम्म निकृष्ट कुरा हो | नेपालमा अब कल्पना हैन वास्तविकता यै बनेको छ | स्वास्थ्य व्यापारको यो परिवेश र पाटोलाई एउटा पात्रमार्फत् चिरफार गर्ने जमर्को यो लेखमा गरिनेछ | यो पात्र मानौं जुम्ला, बझाङ, रुकुम, ताप्लेजुङ वा सोलुखुम्बुको किसानको छोरो हो | उसको जीवनको सुरुवात कुटोकोदालो, हलो-लिड्को र घाँसभारीबाट भएको हो | उसले स्कूल पढ्दा हरेक बिहान एक भारी दाउरा बिसाएर हतार हतार ढिडो र साग खाएर दौडिदै पुगेको सही साँचो हो | नपत्याए सोधे हुन्छ ऐले पनि उसको घरछेउका छिमेकिजनलाई | पढाइमा अब...