Posts

Showing posts from December, 2015

के किरा लागेको दाँत भर्नैपर्छ त ?

Image
काभ्रेकी कोमलले भनिन्, “दाँतमा खाल्टो परेको छ, खानेकुरा खायो कि त अड्किन्छ |” जोरपाटीका सुबोध पनि दाँतमा किरा लागेकोले भर्ने भनेर आएका छन् | कोमल र सुबोधमात्र हैन गोंगबुका तीन वर्षीय आलोकको मुखमा पनि सबै दाँत किरा लागेको भनेर उनका अभिभावक आत्तिएका छन् | दन्तचिकित्सा क्षेत्रमा भएका लामो अध्ययन, अनुसन्धानको निचोड के छ भने हामीले खाएका खानेकुरामा पाइने गुलियोजन्य वस्तुहरू, ग्लुकोज, सुक्रोज आदिलाई व्याक्टेरियाले घातक अम्लमा परिवर्तन गरेपछि यै अम्लको कारण दाँतका तन्तुहरूमा स्थायी क्षय हुन्छ, यसैलाई जनजिभ्रोमा किरा लागेको भनिएको हो | अनि यसरी किरा लागेर क्षय भैसकेको दाँतलाई दन्तचिकित्सककोमा गएर भर्नु नै एकमात्र उपचार हो | यसलाई सोझो भाषामा खन्ने र भर्ने (ड्रिल एण्ड फिल) पनि भन्ने गरिएको छ | तर हालै मात्र एउटा अनुसन्धानले दन्तचिकित्साको यस्तो अमिट पद्धतिलाई नै चुनौती दिंदै दाँतको किरा लागेको अवस्थामा नभरेर पनि उपचार गर्न सकिने तथ्य बाहिर ल्याएको छ | इभान्स, क्लार्क र जियाको समूहले अस्ट्रेलियामा गरेको चार वर्ष लामो अनुसन्धानको क्रममा यस्तो तथ्य प्रकाशमा आएको हो | अध्ययनमा कूल ९०२ बिरामी...

DENTAL IMPLANT

http://ujyaaloonline.com/news/51580/dentist/