Health Camp at Nele
स्वागतपछि स्कूलका प्राचार्य, वि.व्य.स. अध्यक्ष र मूल आयोजक समिति सदस्यसँग तस्विर खिचाउँदै चिकित्सक टोली नेलेमा स्वास्थ्य शिविरको अनुभव २०२२ सालमा स्थापित सोलुखुम्बू जिल्लाको नेले गाउँमा रहेको जीवन ज्योति उच्च माध्यमिक विद्यालयले यस वर्षको फागुन पहिलो सप्ताहलाई स्वर्ण महोत्सवको रुपमा मनाउने क्र ममा डेन्टल स्वास्थ्य परिक्षणमा डा. विशाल डा. राजीव स्वास्थ्य परिक्षण गर्नु हुँदै विरामीहरू परिक्षण कोठामा प्रवेश गर्दै औषधि वितरणमा स्थानीय स्वास्थ्यचौकीमा कार्यरत बहिनीहरू त्यसै स्कूलको पूर्व छात्रको नाताले मलाई पनि विशेष आमन्त्रण गरेको थियो | आफ्नो ज्ञान र सीपको क्षेत्र स्वास्थ्यसँग सम्बन्धित भएकोले मैले यो महान् उत्सवमा एउटा स्वास्थ्य शिविर आयोजना गर्न सुझाएको थिएँ | विविध प्रतिकूलताको समयमा उक्त कार्यको अभिभारा अन्ततः मैमाथि आइपरेको थियो | खुशीको कुरा डा. हेमराज गैरे र डा. सीपी गैरेको सहृदयी मनले मलाई साथ दिने निर्णय गरेपछि डा. राजीव रिजाल र द्वारिका गणेश पनि हामीसँग गाँसिनुभयो | र, डा. मिङमार शेर्पाको पहलमा डा. यांग्जी शेर्पा पनि मिसिन आउनुभयो...