Story 1
कथा : विलम्वित प्रायश्चित ~ विशाल बी बस्नेत~ “डाक्टरसा’ब मलाई माफ गर्नुहोला……………….. ” यो मेरो मेलको अन्तिम पत्र थियो। कृसमसमा जानुपर्ने हुदा म आफ्नी श्रीमतीलाई कुर्न लगाइरहेको थिएँ तर यो मेलले मलाई नपढी जान दिएन। एकछिन त म आफैं छक्क परें, कसले पठायो होला सोच्न थालें कुनै त्यस्तो चिरपरिचित नाम थिएन तर लेखाइ सर्है परिचित झैं थियो। जति पढ्दै गएँ मलाई आफु २२-२४ वर्षको हुँदा धरानमा रहेर दन्तचिकित्साको विद्यार्थी भएको ती दिनहरुको स्मरण आउन थाल्यो। त्यो चीसो बिहानीमा धरानको आकाशमा स्पष्ट बादलका टुक्राहरू सल्बलाइरहेक थिए। मेरो मनभित्र आँधी सल्बलाएजस्तै। मेरो मन उद्विग्न थियो। चित्त चन्चल थियो। आत्तिइरहेको थिएँ म त्यो दिन। मैले मेरो पढाइको सिलसिलामा एउटा बच्चालाई सम्हाल्नु थियो, उसको उपचार गर्नुथियो। त्यो दिनदेखि नै हामीले सैध्दान्तिक रुपमा सिकेका कुराहरूलाई प्रयोगमा ल्याउनु थियो। म दन्तचिकित्साको पढाइ गर्दै थिएँ । आमा भन्नुहुन्थ्यो, “छोरा, दाँतको दु:खाइ त प्रसव बेदनापछिको दोस्रो पीडा हो, बाबु तैले त्यस्तो दर्द हटाउने अवसर पाएको छस्।” त्यसैले पनि मामाको कम्प्युटर इन्जिनियर बनाउन...