MOUNTAIN FLIGHT unplanned
1 एउटा संयोग नै मान्नुपर्छ, मौसम खुल्नु, उडान सदाजस्तो ढिलो नभएर समयमा नै हुनु र म बसेको कुर्सी उत्तरतिर नै पर्नु । अर्को कुरा सायद नहुन पनि सक्छ तर मलाई लागेको चालकले त्यतैतिर उडाउनु । जे होस् सबै कुरा मिलेझैं भएको थियो र केही दिन अघि मात्र भारतका राष्ट्रपतिले बुद्ध एयरको विमानबाट नजर लगाएकै हिमश्रृंखलाहरुमध्येकै सेताम्मे हिमालका पंक्ति हेर्दै थिएँ म पुलकित हुँदै । ओहो चित्रकारले क्यानभासमा उतारेसरी ती दृश्यहरु ज्यादै मनमोहक थिए । लहरै उभिएका विभिन्न आकारका हिमालहरुलाई म हतार हतार मेरो सानो हातेफोनको स्किृनमा कैद गर्न थालें । तस्वीरहरु उतिसारो स्पष्ट नहुन सक्छन् तथापि यो अंकमा तिनीहरुलाई स्थान दिनैपर्छ मैले । विमानस्थलबाटै देखिएको हिमाल (१)ले मलाई लोभ्याइसकेको थियो । जब उडान सुरु भएर जहाज आकासिन थाल्यो मेरो हर्षको सीमा रहेन । छेउको मान्छेको हातमा मजाकै आकारको स्मार्टफोन भए पनि मैले नलजाई हत्केलामै अट्ने फोन निकालेर क्लिक क्लिक पार्न थालिहालें हिमालका सुन्दर तस्वीरहरु (२,३,४) । 2 3 4 6 पहाड विकट छ, समस्याग्रस्त छ तर माथिबाट त सुन्दर पनि त रह...