Posts

Showing posts from November, 2017

Trip to Tilicho तिलिचो तिरको समय-यात्रा

Image
जान्दाखेरि म कतै थिएँ, निदाइरहेको । मस्त । चूपचाप । निस्पृह । व्युँझिएछु । कुमार नगरकोटीको "घाटमान्डु"को पेज नम्बर ११० बाट, माइ डियर फ्रेण्ड , म अकस्मात् उठें । संसार फ्रोजन थियो । जताततै उद्विग्नता, आलस्यता, एकोहोरोपनको धमिलो प्रकाश फिंजारिएको थियो । जाँगरको पित्कोसम्म पनि कतै देखिएन। हैन किन स्ट्यागन्यान्ट भयो हँ  समय ? मैले सोचें, अब यात्रामा लाग्नैपर्छ । केही थान सहयात्रीहरु अवश्य चाहिने थिए यस यात्रामा । तेसैले तिनीहरुलाई निद्राबाट जगाउनुलाई पहिलो कार्य ठान्दै म तिनीहरुको शयनकक्षमा पसें । पेज नम्बर ११० मा उल्लेख थियो, "आमाको कोख निदाउनका निम्ति यस जगतको सर्वोत्कृष्ट विछ्यौना हो" । यसै पेजमा निद्रारत थिए, उनीहरु । अनुह गौतम, जमल गिरी, अशोक ऐर, सूर्यनारायण पुन, लक्ष्मण खनाल, हेमराज गैरे र विशाल बाबु बस्नेत । तिनीहरु यस्ता नामधारी थिए । परन्तु यस यात्रामा तिनीहरुलाई केवल विन्दू मानिने थियो ।  एक थोप्लो ( . ) ।    झटपट उठेका यी सात थोप्लाहरु एकत्र भए यो यात्रामा ।  न्यारेटरका रुपमा थोप्लो "बी"लाई चुनियो ।  अँ  त म भन्दै थि...

http://preview.shorthand.com/fmtmYnOrXl

http://preview.shorthand.com/fmtmYnOrXl