Posts

Showing posts from December, 2017

हुम्ला किन सिमला बन्दैन ? (Humla vs Shimla)

Image
Shimla at night हल्का विषम नै भए पनि मनाङको यात्रा सुखद रह्यो । यसको लगत्तै भारतको भ्रमणको मौका जुऱ्यो । यो पटक एउटा शैक्षणिक तालिमका लागि चण्डिगढ भन्ने ठाउँ  जानु थियो । यो सानो सहरको विशेषता भनेको सरल रेखाजस्ता चौडा सडकहरु, आयताकार तरिकाले निर्मित सेक्टरहरु र सापेक्षिक रुपमा अनुशासित ट्राफिक व्यवस्थापन आदि होलान्, अर्थात् ४ दिने बसाइमा मैले यति अनुभूत गरेछु । तर अर्को रमाइलो कुरा यो सानो सहर भारतकै दुइटा राज्य (पञ्जाब र हरियाणा) को राजधानी पनि रहेछ, आफू स्वयम् भने केन्द्र सरकारको मातहतमा चल्दोरहेछ । shimla in daylight तालिम सकेको दिन घुम्नुपऱ्यो भनेर लगभग डेढसय किलोमिटर टाढाको सिमला जाने निधो भयो । हिमाचल प्रदेशको राजधानी सिमला पहाडी स्टेशनको रुपमा परिचित पर्यटकीय गन्तव्य हो । उबडखाबड नभएको सडकमा लगभग ३ देखि ५ घण्टाभित्र पुग्न सकिने यो सहर पहाडमै बनाइएका घरहरु र अन्य संरचनाहरुले सुरम्य लाग्नेरहेछ । रातमा झिलिमिलीमा झन् मजाको देखिने । कुर्फी भन्ने ठाउँ  जाँदा २४०० मिटर उचाइमा रहेको चिप्लो सडकबाट तलतिर देखिने हरिया पहाडको खोंचलाई "ग्रीन भ्याली" नाम दिइएको रहेछ । ...