|
Shimla at night |
हल्का विषम नै भए पनि मनाङको यात्रा सुखद रह्यो । यसको लगत्तै भारतको भ्रमणको मौका जुऱ्यो । यो पटक एउटा शैक्षणिक तालिमका लागि चण्डिगढ भन्ने ठाउँ जानु थियो । यो सानो सहरको विशेषता भनेको सरल रेखाजस्ता चौडा सडकहरु, आयताकार तरिकाले निर्मित सेक्टरहरु र सापेक्षिक रुपमा अनुशासित ट्राफिक व्यवस्थापन आदि होलान्, अर्थात् ४ दिने बसाइमा मैले यति अनुभूत गरेछु । तर अर्को रमाइलो कुरा यो सानो सहर भारतकै दुइटा राज्य (पञ्जाब र हरियाणा) को राजधानी पनि रहेछ, आफू स्वयम् भने केन्द्र सरकारको मातहतमा चल्दोरहेछ ।
|
shimla in daylight |
तालिम सकेको दिन घुम्नुपऱ्यो भनेर लगभग डेढसय किलोमिटर टाढाको सिमला जाने निधो भयो । हिमाचल प्रदेशको राजधानी सिमला पहाडी स्टेशनको रुपमा परिचित पर्यटकीय गन्तव्य हो । उबडखाबड नभएको सडकमा लगभग ३ देखि ५ घण्टाभित्र पुग्न सकिने यो सहर पहाडमै बनाइएका घरहरु र अन्य संरचनाहरुले सुरम्य लाग्नेरहेछ । रातमा झिलिमिलीमा झन् मजाको देखिने । कुर्फी भन्ने ठाउँ जाँदा २४०० मिटर उचाइमा रहेको चिप्लो सडकबाट तलतिर देखिने हरिया पहाडको खोंचलाई "ग्रीन भ्याली" नाम दिइएको रहेछ । बीचमा स-साना मन्दिरहरु हेर्नलाई रोकिदिने रहेछन् त्यहाँ उपलव्ध ट्याक्सीहरुले ।
अलि मास्तिर पुगेपछि "लौ यहाँदेखि घोडचढीको मजा लिनुस्" भनेर हौस्याएपछि घोडा चढ्न को नमान्ला र ? धुलैधुलो बाटो भए पनि घोडा-ब्वाइसँग गफिदै उकालो चढ्नु, भ्यु पोइन्टबाट अलिअलि मात्रै सेतो टाउको भएका हिमाली चुचुराहरु हेर्नु, याकमाथि बन्दुक बोकेर फोटो खिचाउनु, अनि 'एडभेन्चर पार्क'मा विविध खालका गतिविधीमा रमाउनु । यस्तो पो मजा त !
|
So called "Green Valley" |
|
View from "View-point" |
पर्यटक दु:खै पाउन मात्र धाउने प्राणी होइनन् । उनीहरुलाई मीठो खानपान, वातानुकूलित कोठा, मनोरञ्जनका अनेक उपाय र समस्यारहित सेवा दिइनुपर्छ । हाम्रो नेपालमा अवश्य यतिका पहाड-हिमालहरु छन् । यस्तै खालको सजावट गर्न नसकिने पनि होइन । हामीले धेरै त गर्नै पर्दैन । प्रकृतिले नै मजाले सजाएर दिएको छ हामीलाई । फगत तवरतरिका मिलाउन बाँकी छ । सुलभ तरिकाले पुग्न सकिने बनाउने हो भने र यात्रालाई विकट होइन, सुगम बनाइदिने हो भने अवश्य हुम्लाले सिमलालाई पछि पार्न सक्छ ।
विश्व मानचित्रमा हेर्ने हो भने नेपालको पश्चिमतिर समान उचाइ र अवस्थामा भारतको हिमाचल प्रदेश देखिन्छ । पहाडको रंग उस्तै, हिमटाकुराको ताँ
|
Take a click, with a gun on a yak! |
ती उस्तै, पाखाजंगल उस्तै । तर उपयोगितामा भिन्नता । अलिअलि मात्रै पनि ध्यान सम्बन्धित नीतिनिर्माताले दिने हो भने नेपालका पहाडलाई त्यतिकै उपयोगी बनाउन सकिने कुरामा दुइमत नहोला ।
|
Horse riding |
Comments
Post a Comment