सेल्फीको कुरो
सेल्फी स्टिकमा टाँसिएको फोनबाट लिइएको तस्वीर १ कथाको सुरुवात गरिहालें, झर्को लागे नपढ्नुहोला ! सेल्फी हाल्नुभो त ? लु एउटा सेल्फी लिइहालौं । क्यामेराबाट लिईएको तस्वीर (२) सेल्फीको उपयोगिता आजका सामाजिक सन्जालहरू (फेसबुक, ट्वीटर, इन्स्टाग्राम आदि)मा कति धेरै छ । सुन्दैमा मिठो छैन त यो शव्द ? आज कथाकुथुंग्रीको विषयवस्तु यसैलाई बनाइदिएँ है त । यसमा प्रयुक्त कुराहरू विविध अन्तरसंजालबाट साभार हुन् । सर्वप्रथम कुरा गरौँ, सेल्फीको अर्थबाटै । कोही अनभिज्ञ नहोला, सेल्फी भन्नाले आफनै तस्वीर आफ्नै क्यामेरा वा फोनबाट आफैंले कैद गर्ने प्रक्रिया हो । यसमा सामान्यत: आफ्नै हात वा अन्य उपकरणको सहायताले तस्वीर लिइने गरिन्छ । टाइमरको सहायताले पनि यस्तो तस्वीर सेल्फी शव्द आउनुअगाडि पनि लिइने गरिन्थ्यो, तर सेल्फीका पारखीहरू त्यस्ता तस्वीरलाई सेल्फी भनी हाल्दैनन् । पहिलो सेल्फी यै हो रे, रबर्ट कर्नेलीयसको ! सन् १९३९ मा सुरुको परिभाषालाई आधार मान्दा आफ्नो तस्वीर आफैं खिच्ने मान्छे रबर्ट कर्नेलियस रहेछन् ...