सेल्फीको कुरो

 सेल्फी स्टिकमा टाँसिएको फोनबाट लिइएको तस्वीर १

कथाको सुरुवात गरिहालें, झर्को लागे नपढ्नुहोला !
सेल्फी हाल्नुभो त ?
लु एउटा सेल्फी लिइहालौं  
क्यामेराबाट लिईएको तस्वीर (२)
सेल्फीको उपयोगिता आजका सामाजिक सन्जालहरू (फेसबुक, ट्वीटर, इन्स्टाग्राम आदि)मा कति धेरै छ  
सुन्दैमा मिठो छैन त यो शव्द ? आज कथाकुथुंग्रीको विषयवस्तु यसैलाई बनाइदिएँ है त  । यसमा प्रयुक्त कुराहरू विविध अन्तरसंजालबाट साभार हुन्  ।  सर्वप्रथम कुरा गरौँ, सेल्फीको अर्थबाटै  । कोही अनभिज्ञ नहोला, सेल्फी भन्नाले आफनै तस्वीर आफ्नै क्यामेरा वा फोनबाट आफैंले कैद गर्ने प्रक्रिया हो  । यसमा सामान्यत: आफ्नै हात वा अन्य उपकरणको सहायताले तस्वीर लिइने गरिन्छ  । टाइमरको सहायताले पनि यस्तो तस्वीर सेल्फी शव्द आउनुअगाडि पनि लिइने गरिन्थ्यो, तर सेल्फीका पारखीहरू त्यस्ता तस्वीरलाई सेल्फी भनी हाल्दैनन्  । 
पहिलो सेल्फी यै हो रे, रबर्ट कर्नेलीयसको ! सन् १९३९ मा
सुरुको परिभाषालाई आधार मान्दा आफ्नो तस्वीर आफैं खिच्ने मान्छे रबर्ट कर्नेलियस रहेछन्  । उनले आजभन्दा १७७ वर्षअगाडि आफ्नो तस्वीर आफैंले खिचेका रहेछन्  
अनि यो मिठो शव्दको आविष्कारक चाहिँ अष्ट्रेलियाका नाथान होप रहेछन्, २००२ मा आफ्नो फोटो देखाउँदै “..... फोकस मिलेन, लौ सेल्फी भो नि त ...” भन्ने आशयको पोस्ट गरेर पहिलो चोटि यो शव्द प्रयोग गरेका रहेछन्  । 
यै घाइते भएको फोटोमा नाथानले फोकस नमिलेको र यो सेल्फी भएको भनेर पहिलोचोटि यो शव्द बनाएका रहेछन् |
तत्पश्चात् २०१३मा अक्सफोर्ड शव्दकोषले यो शव्दलाई “वर्षको शव्द”को रुपमा ग्रहण पनि गरेको थियो  । अष्ट्रेलियालीहरूलाई शव्दलाई छोट्याउने र पछाडि “आइ-ई” जोड्ने बानीका लागि विख्यात नै मानिने रहेछ  
सामाजिक संजालमा भने सेल्फी लिनुअगाडि मुख चुच्चो पार्ने प्रचलन छ, यसैलाई कतिले व्यंग्य गर्दै सुँगुरसँग तुलना गर्न पनि भ्याएका छन्  ।  

हेर्नुस् त: दुईजनाको मुख सेल्फी लिंदाको अवस्थामा

सेल्फीको सरलताको लागि आजभोलि सेल्फी स्टिक पनि उपलव्ध छ, जसको कारण हातले कठिनतापूर्वक मिलाउनुपर्ने कोण सहजै मिल्न थालेको छ, अनि ‘फ्रन्ट फेसिंग क्यामेरा’ समेत भएका हातेफोनमा त हेरीहेरी सेल्फी लिन सजिलो भएको छ, तर हामी अधिकांशले यसरी लिइने सेल्फी उल्टो हुन्छ भनेर बुझेका हुँदैनौं  
सेल्फी स्टिक, आजभोलिको नभै नहुने ग्याजेट
उसो त प्रसिद्ध कलाकार रोवन सेबास्टिन् एटकिनसन् अर्थात् मिस्टर बिनले पनि यदाकदा सेल्फी खिच्दै कुदेका चलचित्रहरू थुप्रै देख्न पाइन्छन् |

मि. बिन सेल्फी लिंदै !

जे होस् सेल्फी हाम्रो संस्कृति बनिसकेको छ, दशैंमा टिका लाउँदा होस् कि बिहे वा यस्तै अवसरमा किन नहोस् एक सेल्फी त नलिई हाम्रो चित्त बुझ्दैन | कैलेकाहीं त यस्तो प्रतीत हुन्छ कि कुनै काम, कामको लागि नभएर सेल्फीको लागि पो गरिएको झैं !
सेल्फी दुनियाले दैनिक जीवनचर्यालाई असर पुग्ने, सामाजिक नकारात्मकता फैल्याउने वा कुनै विशेष अवसरलाई खल्लो बनाउने चैं गर्नुहुन्न भन्ने मेरो विचार छ |






सेल्फीले तस्वीर उल्टो लिन्छ है, नपत्याए घेरामा राखिएका अक्षर हेर्नुहोस् त ! (पहिलो: सेल्फिवाला र दोस्रो अरुले खिचेको)


Comments

Popular posts from this blog

फोक्सुण्डो तालतिरकाे मनमाेहक यात्रा

हुम्ला किन सिमला बन्दैन ? (Humla vs Shimla)

Namaste Jharna: A short and sweet destination