मेडिकल शिक्षाका कुरा
साथीहरू !
मेडिकल कलेजको विषय ऐले चर्केको छ ।
सबैजना यसको बारेमा बोल्दैछन् ।
तर तथ्य के हो भने स्वास्थ्यक्षेत्रका माफिया र चिकित्सा पेशा सम्बद्ध स्वास्थ्य नीतिले गर्दा चिकित्सकहरु नारकीय जीवन बाँच्न विवश छन् ।
मुश्किलले ३ देखि ४ प्रतिशत चिकित्सकले मात्र छात्रवृत्तिमा पढेका छन्, बाँकीले निजी खर्चमा पढेका हुन्छन् । निजी खर्चमा MBBS र MD/MS पूरा गर्न कम्तिमा १ करोड सम्म लाग्दछ । र, MD/MS सकेर जागीर पाउन चर्को छ । यदि पाइहाले पनि अनि संस्थाप्रति पूर्ण प्रतिवद्ध रहेर काम गर्ने हो भने मासिक ५०,०००।– भन्दा बढी कमाउन हम्मेहम्मे छ । दत्तचित्त चिकित्सकले धेरै संस्थामा काम गर्दैनन्, दुईटासम्म गर्लान् । तसर्थ यस्ता चिकित्सकले आफ्नो श्रम र समयको पूर्ण उपयोग गरेर दुईटा अस्पत्तालमा काम गरेर करिब ५०,०००।– प्रति महिना कमाउँछन् ।
तर निजी खर्चमा पढ्नेहरुले बैंक (वा अरु श्रोत)बाट ऋण लिएका हुन सक्छन् । त्यसैले ऋण व्याजसहित चुक्ता गर्नु त पर्यो । प्रतिमहिना ५०,०००।– कमाइले १ करोडको ऋण चुक्ता गर्न करिब १७ वर्ष लाग्छ । १७ वर्षसम्म कठोर मेहनत गरेमा मात्र ऋणको सावा (१ करोड) बुझाउन सक्ने देखिन्छ (व्याजको त कुरै छोडौं) । त्यो पनि आफ्नो व्यक्तिगत चाहना र इच्छाहरुलाई तिलाञ्जली दिएमा । व्याजसमेत हिसाब गर्ने हो भने अर्को ३४ वर्ष लाग्न सक्छ ।
यदि सम्बन्धन पाएमा MBBS र MD/MS गर्नका लागि निजी मेडिकल कलेजले गह्रौं शुल्क उठाउनेछन् । तिनीहरुले अझै धेरै चिकित्सक जन्माउनेछन् (राष्ट्रलाई चिकित्सकको खाँचो छ भनेर) । र, उत्पादित चिकित्सकहरुले आफ्नो पढाइको व्ययभार उकास्न कठोर मेहनत गर्नुपर्ने हुन्छ । दिनरात परिश्रम गर्नुपर्ने हुन्छ ।
जनताहरु त भन्लान्– तिमीहरु त चिकित्सक हौ, तिमीहरुले जुनसुकै समयमा जसरी पनि बिरामी जाँच्नुपर्छ । हो, कुरा सही हो । तर जनताले बुझ्दैनन् कि चिकित्सकहरु कसरी त्यो अवस्थासम्म आइपुगेका छन् । कि त उनीहरुले ऋण तिर्नुछ, कि जेल जानुछ ।
यो पृष्ठभूमिमा के यस्ता मेडिकल कलेज खुल्नु जरुरी छ ? धेरैजसो खुल्न लागेका कलेजमा आवश्यकीय पूर्वाधारहरुको १०प्रतिशत आवश्यकतासमेत परिपूर्ति गरिएको छैन । तर तिनीहरु भन्दैछन् विदेशिने अर्थतन्त्रलाई स्वदेशमै सिमित गरेर राष्ट्र निर्माण गर्दैछौं हामी ।
के सरकारले यसमा हस्तक्षेप गरेर मेडिकल शिक्षालाई सर्वसुलभ र नि:शुल्क गर्नुपर्दैन त ?
त्यसपछि मात्रै भन्न सकिन्छ कति मेडिकल कलेज चाहिन्छ नेपालमा, जति धेरै त्यति राम्रो ।
त्यसपछि मात्रै धेरै चिकित्सकहरु हुनेछन् देशमा, दक्ष चिकित्सक हुनेछन्, देशसेवा गर्नेछन् । तलबको मतलब हुनेछैन किनभने ऋणको पीरले सताउनेछैन ।
सोच्नुस् त !
Shrestha Bishow को status को नेपाली transliteration (courtesy sought !)

Comments
Post a Comment