पश्चात्ताप

खोलेकै थिई, बोलेकै थिई___

त्यो मन यो मनमा घोलेकै थिई_

कहाँ भो घात र तुषारापात_

ठण्डी र गर्मी छिचोलेकै थिई___

उतार चढाव जीवनको बहाव__

पीडा ती खुसीले मोलेकै थिई__

यो पश्चात्ताप उष्ण छ राप_

सहेर आफुलाई पिरोलेकै थिई__

गई ऊ पर, रित्तो भो घर__

दाउरामा रोटी पोलेकै थिई ।

Comments

Popular posts from this blog

फोक्सुण्डो तालतिरकाे मनमाेहक यात्रा

Solukhumbu After 10 Years

हुम्ला किन सिमला बन्दैन ? (Humla vs Shimla)