पात्रको खोजीमा

फेसबुकमा शृंखलाबद्ध ढंगले पात्रहरूको खोजी गर्दै जाँदा थाकेर त्यसको विसर्जन गरियो । अनि ती टुक्राटाक्रीलाई ग्ल्यु लगाएर हेर्दा यस्तो बनेछ ।

भोलि के हुन्छ ?
(part 1)
लेखन आरम्भ: 9/18/2013, 8.50pm
समाप्ति:10/25/2013, 2:46AM
सँगै निस्कियौं- भेडाहरू चरिरहेका थिए घाँससँगै भर्खर रोपिएको अशोकको सानो बिरुवा पनि चपायो एउटा भेडाले हेर्दाहेर्दै गेट सानो भएकोले छिर्नेहरू आलोपालो गर्दै थिए मैले केही बेर कुर्यौं अलि पर एउटी तरुनी लम्किंदै थिई मैले उसका सेता पिडौलादेखि माथिसम्म हेरें उसले मलाई घिसार्दै लग्यो एउटा सानो प्वालमा तिनोटा बिरालाहरू अर्कोपट्टि जान कोचाकोच गर्दै थिए कुनै पनि छिर्न सकेका थिएनन् मास्तिर रूखको फेदमा एक जना मिठो मानेर केही खाँदै थियो खोल्साको छेवैमा एक जोडी कुकुरहरू सम्भोगरत: थिए उसले मलाई धकेल्यो हामी अगि बढ्यौं बाटोको परबाट माग्नेले एकजना सज्जनलाई सताइरहेको देखियो रेष्टुरेण्टमा उसले चिया मगायो पल्लो छेउमा एउटा कुर्सी टेबुल देखें। टेबुलभरि मिष्ठान्न सजिएको तर कुर्सी रित्तो बरु झिंगाहरू भन्किरहेका थिए मैले त्यतै हेरिरहें उसले मेरो आँखा छोप्यो । मलाई उसले चिया मात्रै मगाएको मन परेको थिएन । तर निरीह थिएँ उसको अगाडि नतमस्तक उसको अर्होट शिरोपर गर्नु थियो मैले किनभने ऊभित्रको जनावर मात्रै थिएँ ऊभित्रको पशु थिएँ जसलाई पाशविक पशुसुलभ कार्य गर्नबाट हरवखत रोक्तथ्यो त्यसैले आफूलाई विवेकशील ठान्दथ्यो तर विवेकशून्य भएका अरु जनावरहरूलाई नै बढी स्वतन्त्र सुखी देख्तथें आफ्नो सुन्दर संसारमा स्वच्छन्द रमाइरहेका आफ्नो मनलाग्दो गरेर बाँचिरहेका पाउनु गुमाउनुको हिसाब छोडेर स्वाधीन जीवन बिताइरहेका
चिया आएपछि उसले गिलास उचाल्यो अनि सुरुप्प पार्यो मेरा आँखा उतैतिर अड्किएका थिए फेरि उसले मेरो दृष्टिलाई अन्तै मोडिदियो एकाग्र बन्यो सोचमग्न भएर अनन्त आकाशतिर हेर्न थाल्यो उसले सोच्यो, त्यो आकाशका जून तारा, बादलका अमूर्त आकृतिहरू हेरेर कैयौँ मानव मनहरू लालायित हुँदा हुन्  त्यो अनन्त आकाशलाई अङ्कमाल गर्न तर असम्भव। अनि भोलि त्यो अनन्त आकाश हो जसले मानव जीवनका जूनतारा, बादल, घामपानी बोकेको छ। भोलिका लागि मान्छे के गर्दैन यहाँ ? तर भोलि नभेट्दै परलोक हुन्छ। ----------------------------------

Comments

Popular posts from this blog

फोक्सुण्डो तालतिरकाे मनमाेहक यात्रा

Solukhumbu After 10 Years

लाङटाङ पदयात्रा र अनुभवहरू