गजल 2



आखिर यो यात्रालाई बिसाउने दिन आयो

माटोमै यो कायलाई मिसाउने दिन आयो ...........

बिझाउँदा शत्रु बन्थे, रिझाउँदा मित्रहरू

सबै आज दैवसँग रिसाउने दिन आयो .................

ताता रहरहरू उर्लन्थे मनभरि ती

नश्वर तनसँगै चिसाउने दिन आयो ...............

क्षणभङ्गुर रहेछ संसार अनन्त लाग्दथ्यो

सृष्टिको जाँतोमा सत्य पिसाउने दिन आयो .................

Comments

Popular posts from this blog

February 14

Namaste Jharna: A short and sweet destination

यादहरुको कुरा