पात्रको खोजीमा


फेसबुकमा शृंखलाबद्ध ढंगले पात्रहरूको खोजी गर्दै जाँदा थाकेर त्यसको विसर्जन गरियो । अनि ती टुक्राटाक्रीलाई ग्ल्यु लगाएर हेर्दा यस्तो बनेछ ।

भोलि के हुन्छ ?

(part 2)

मलाई राम्ररी थाहा , के सोचिरहेछ मलाई बताउन चाहँदैन तर मैले एकेक जानकारी राखेको छु बताओस् पनि कसरी ? आखिर जनावर हूँ सोच्दैछ आफ्नो कथाको बारेमा
पात्रको खोजीमा उसले अचम्मको कथा लेख्ने सोचेको सोचिरहेको एक्लै सम्झेर आफ्नै दुनियामा हराइरहेको तर उसलाई सम्पूर्ण रूपमा देखिरहेको छु, उसले सोच्ने हर कुरा छर्लंग बुझिरहेको छु । अब त अति भयो । कति साँध्नु मौनता । म उसलाई सम्झाउने निर्णय गर्दछु र भन्छु, "पात्र भेट्यौ ?"
झसङ्ग हुन्छ यताउता हेर्छ कसैलाई देख्तैन परतिर टेबुलमा झिंगाहरू झुम्मिरहेकै छन् कुकुरहरू त्यहिं आइपुगेका छन् घामकिरीहरू सुनौलो प्रकाशमा उड्दै छन् बगैंचामा उठ्छ बस्छ
": यता हेर, आफैंभित्र तिमीभित्रको जनावर हूँ " स्पष्टीकरण दिन्छु । "कस्तो पात्र खोज्दैछौ ?"
अलि आत्तिन छोड्छ अब उसलाई सायद विश्वास हुन्छ त्यसैले भन्छ, "जस्तो नि हुन सक्छ तिमी पनि हुन सक्छौ "
"उफ्, भोलिवादी पात्र चाहिएको तिमीलाई ।  मलाई बरु विगत मन पर्छ जतिवेला तिमी यसरी छुट्टिएका थिएनौं, एकाकार थियौं ।।"
"विगतले नै जन्माउने हो नि भोलि , भोलि पनि पर्सिको विगत हो पात्र बनेर हेर त्यसपछि तिमीले भनेअनुसार कथा बग्छ नि "
"हाहा ! पात्र बनें भने कथा बग्ने होइन जम्न सक्छ " उसलाई अलिकति जिस्काइदिन्छु
"कुनै खोजेजस्तो पात्र भेट्यौ ?"
बोल्दैन उसलाई सोध्छु उसको पात्रको गुण कलाको बारेमा
भन्दै जान्छ, "मेरो चाहना यो कथाले भोलिको मिठास समेट्ला भन्ने थियो अनि पात्र स्वतन्त्र होस् यस कथालाई जता पनि लैजान सकोस् भन्ने इच्छा पनि । एउटा सुन्दर कथा तब बन्दछ, जब कथाकार र पात्रहरूबीच सफल सम्बन्ध स्थापित हुन्छ । म त पात्र खोज्दै थिएँ, वास्तविक दुनियाबाट । यसैले पात्र(हरू) र मबीच frequency मिल्नु जरूरी थियो । जसरी यो वायुमण्डलमा अदृश्य तरङ्गहरू लाखौं भए पनि FM station बाट आएको कुनै एउटा frequencyलाई हाम्रो रेडियोले समात्छ र आवाज प्रसारित हुन्छ त्यसरी नै असङ्ख्य पात्रहरूमध्ये नै कोही होस् जसको frequency मेरो कथाको भाव र बनोटसँग मिल्न जाओस् ।“...................................

Comments

Popular posts from this blog

फोक्सुण्डो तालतिरकाे मनमाेहक यात्रा

हुम्ला किन सिमला बन्दैन ? (Humla vs Shimla)

Namaste Jharna: A short and sweet destination