अन्त्यमा भेटियो .........


हराइरहेको थियो । बिहानै अलिकति Laptopमा खसेको देखें । College पुग्दा थाहा भयो, अलिकति Registerमा झरेको रहेछ । अलिकति Dental Chairहरूमा छरिएको पनि रहेछ । एकजना बिरामीको मुहारमा विरक्तलाग्दो ढङ्गले पोतिएको देखें । बानु चमेना घरको खातामा पोखिएको रहेछ थोरै । Thesisको मोटो ठेलीका सबैजसो खाली पानाहरूमा रङहीन भएर पोतिएको पनि रहेछ । Casting Furnaceमा थुनिएर तातितै रहेछ, Acrylizerमा बाफिदै रहेछ, सिकारुको आँखामा चल्मलाउँदै रहेछ, सिकौटेहरूको ओठमा झुण्डिदै रहेछ । पुस्तकालय आएर हेरें, कैयौं पुस्तकका केवल पहिलो पन्नामै अल्मलिदै पनि रहेछ । थोत्रो Jacket उचालेर हेरेको त कटमटिएको मैलोमा टाँसिएको पनि रहेछ । खोज्दा खोज्दा छेमाको भट्टीमा पुगें, तोम्बाको सुइरोमा घुसारिएको देखें, सुर्तीको धूवाँमा उडेको चाल पाएँ । अलिकति त त्यै बाटोमा हिंड्दै गरेकी नवयौवनाको अत्तरमा पनि गन्हाउँदै मगमगाउँदै रहेछ । प्रेमिकाको पत्रमा जमेको रहेछ, पत्नीको परागमा बगेको रहेछ । आमाको सप्कोमा बाँधिएको थाहा पाएँ । बुवाको चस्मामा दागिएको याद भयो । साँझसम्म यत्रतत्र विवर्जित देखिरहें । कोठामा सुन्तलाको बोक्रासँगै छरिएको, बासी भातमा, ओइलाएको सागमा, जुठो ताप्केमा । कताकता अनि जताततै । सबै सम्हालें, सँगालेँ र बटुलेर आफनै ओछ्यानमा फाल्दा १२ बजिसकेको थियो । र, आँखा बन्द गर्ने बेला बल्ल भेटिएको थियो ऊ, अर्थात् 

Comments

Popular posts from this blog

फोक्सुण्डो तालतिरकाे मनमाेहक यात्रा

Solukhumbu After 10 Years

लाङटाङ पदयात्रा र अनुभवहरू