गजल १

written on : August 30, 2011 at 2:39pm 
( विद्रुम छेत्री) 
मनमा छैन विश्वास भने मन्दिर नै पस्छौ किन? 
वर्षभरि शक्ति(energy,calorie) जमाई एकदिन व्रत बस्छौ किन? 

चाडबाड संस्कार भन्दै इश्वरको नाम जप्छौ, 

अर्काको शानमान देख्दा फेरि दाह्रा धस्छौ किन? 

तिम्रो इश्वर खै कता छ, स्वर्ग उसको घर भन्थ्यौ, 

मनभित्र ऊ छैन भने यी नाटकमा फस्छौ किन? 

कुन भोकोले खान पायो, नाङ्गो अझै सडकमै छ, 

तिम्रो इश्वर छैन भन्दा दह्रो मुठी कस्छौ किन? 

यज्ञ होम दान धर्म तिमीलाई अब पुगेन र? 

स्वर्ग जाने लालचामा फेरि चिप्लो घस्छौ किन?




Comments

Popular posts from this blog

February 14

यादहरुको कुरा

Namaste Jharna: A short and sweet destination