यादहरुको कुरा
जतिबेला जून थियो आकाशमा र पीपलको रूखका अनगिन्ति पातहरूले हामीलाई लुकाएका थिए जूनको दृष्टिबाट | त्यसै पल मेरा स्मृतिका अंशहरूमा, मेरो यादको हिस्साहरूमा घुल्दै गइछौ तिमी | यस्तो सम्मिश्रण बन्दै गएछ त्यो वर्षातमा रुझ्दै जंगललाई नियाल्दै गर्दा | कतिबेला मिसिएछु म तिमिभित्रै | पहाडको चीसो हावामा चंगाको डोरी जसरी लठारिदै एकबाट अनेक बनेका सपनाहरूमा नायिका बनिछौ तिमी र म नायक बन्दै गएछु | र, ती सबै सपनाहरूको केन्द्रमा हाम्रो प्रेम अंकुराउंदै गएछ | म सोच्तथें यी क्षणिक घटनाहरू हुन् | भेडेटारको मौसमजसरी परिवर्तित हुने नै छन् | मन्दिरको एक कुनामा हाम्रा हातहरू गाँसिदा मैले सोचेथें ईश्वरले त्यस कुनासम्म देख्ने छैनन् | होलीमा तिम्रो सर्वांग रंगीन बनाउँदै गर्दा मैले बुझिनँ मेरो हृदयमा तिम्रो संग्लो तस्वीर कुँदिदै गएको | बगरकोटमा तारन्तार गएर मिठो सुकुटी र सुँगुरको कान चपाउँदा मेरो जिभ्रो अल्मलिएको बेला तिम्रो मधुर स्पर्शले मेरो मन रंगमगिएको मैले चाल पाइनँ | खुकुरी रमले मस्तिष्क खल्बलिएर स्वर्गीय आनन्दमा डुब्दा तिम्रो अधरको कोमल चुम्बन हृदयको अन्तस्करणसम्म पुग्ने तरंग भनेर मैले जानिनँ |
टाढासम्म हेरिनँ मैले क्षितिजभन्दा पर | जहाँ इन्द्रेणीका सात रंगहरूले हाम्रो रंगीन संसारलाई उन्मुक्त बनाइरहेका थिए | सिमसिमे पानी रोकिएपछि, कालो बादल फाटेपछि, गोधुलीमा इन्द्रेणी हराइदिएपछि अकस्मात् मा ब्युँझिएँ | ब्युँझिदा तिमी त थिइनौ तर तिम्रो मधुरो सुगन्ध मेरो घ्राणकोषहरूमा चीरस्थायी भइसकेको थियो | हो, भन न के के गरिनँ तिमीलाई बिर्सन मैले ?
तिमी गएपछि सिरानी त लगाउनै छोडेको छु मैले किनकि तिम्रा कोमल हातहरूजसरी यो सिरानी नबिझाउने होओइन | यो एक्लो कोठाले नै निस्सासिन थालेको छ मलाई | त्यो रातो टिसर्ट लगाउन सक्तिनँ म | अम्लेट र चाउचाउको सुप खानै छोडेको छु | के केमा अड्किएकी छौ तिमी ? के केमा लुकेकी छौ तिमी ? मध्यरातमा छटपटी हुदै किचनमा पुग्दा म देख्तछु रसिलो कागती झन् ताजा बनाउँछ त्यसले तिम्रो स्मृति | ऐनामा आफ्नै अनुहारभरि डन्डीफोर देख्दा आँखा रसाउँछन् तिम्रो हातको स्पर्श सम्झेर | मलाई मनपर्ने किताबहरू घर्राको कुनामा राखेको छु, नदेखियुन् भनेर ती | सुँगुरको कान कति मन पर्थ्यो मलाई अचेल मुख रसाइरहँदा मुटु भक्कानिन्छ | हैन कति गहिरो गरी खाँदिएकी रहिछौ तिमी मभित्र | हरेक अंशअंशमा मेरो म त तिम्रो गन्ध पाउँछु | हो तिमी दुर भएर गए पनि जूनताराले सम्झाइदिन्छन् मलाई, फूलहरूले स्मरण गराउछन् तिम्रो स्पर्श र गीतहरूले ताजा गराउँछन् तिम्रो सामिप्यता | कतै प्रेमध्वज प्रधानले गएका शव्दहरूमा मेरो अनुरोध त अभिव्यक्त छैन ?
पर लैजाऊ फूलहरू
छोपीदेऊ ताराजून
बन्द गर गीतहरू
तिम्रो याद आउने
सबै चीजहरू
रातो रङका स्कुटरहरूले तर्साउँछन् तिम्रो याद गुडाउँदै ल्याएर | यी धुपीका मसिना पोथ्राहरूमा तस्वीर खिच्ने तन्नेरीहरूले जिस्काउँछन् मेरो अतीत कोट्याएर | यो वातावरण जीवन्त छ जस्तो लाग्छ तिम्रो यादले मात्र |
समयलाई उल्टाउन पाए एक निमेषको लागि म उधार्न चाहन्थें ती सबै टाँसिएका पलहरूलाई जहाँ तिम्रो समय खण्ड र मेरो समय खण्ड मिलेर पूर्ण समय बनेको थियो | सुन्दर आकृति रचेको थियो |
बेग्लै स्वास थियो तिम्रो, बेग्लै सुवास थियो | तिमीले पकाएका कति खानेकुराहरूको स्वादले मलाई विचलित बनाउँछन् अझै पनि किनकि ती स्वादहरू परिवर्तित छैनन् अनि स्वादसँगको याद पुनरावृत भइरहेको छ | कसरी मेटू मा तिमीसँगको पहिलो भेट, पहिलो कुराकानी | तिम्रो सम्बोधनले उद्वेलित बनेको मेरो मन | अनायास उघ्रिएका मेरा अधरहरू र त्यसै पल बन्द भएका तिम्रा नयनहरू | त्यो सुनसान समयमा प्रतिध्वनित भएका हामी दुईका मुटुका तीव्र धड्कनहरू | कसरी बिर्सुं म तिम्रो हाँसो र रोदन ? तिम्रो प्रतिकारलाई चिरेर सदाविजयी बनेका हाम्रा सुहागरातहरू | तिम्रो आलिंगनमा एकै कोल्टेमा उज्यालिएका रातहरू | हर बिहान जाने बेलामा निधारमा गर्ने लघु चुम्बन |
सबै पलहरूको स्मरण गर्ने हो भने औपन्यासिक बन्न जाला | त्यो अस्पष्ट प्रेमको अधुरो कहानी | थाहै नपाई टुक्रा टुक्रा भएको त्यो सपना |
समाजको आँखामा नबिझाउन सक्ने बन्ने प्रयासमा, जीवनको लडाईमा टिक्न सक्ने आशामा, सम्झौताको प्रहार सहनुपर्ने तीतो बाध्यतामा मैले तिमीलाई धोका दिनुपर्ने सायद यो नाटकीय सृष्टिको अकाट्य नियम थियो | मैले चाहेर पनि समयलाई तन्काउन सकिनँ | यदि सक्ने भए ती पाउलो कोएलोले परिभाषित गरेका एघार मिनेटहरूलाई एक शताव्दी बनाउँथें म | ती तिम्रा लघु मुस्कानहरूलाई घन्टौ लम्ब्याइदिन्थें | तिम्रो समीपस्थ उच्चारित भएका सुभाषित वार्तालापहरूलाई जुनीभरसम्म प्रक्षेपित गरिदिन्थें | तर यी स्वैरकल्पनाहरू अंग्रेजी फिल्मका साइफाई दृश्यहरूमा मात्र सम्भव होलान् सायद |
नियतिको एक झोक्काले पेन्सिलले कोरेको तस्वीर भेटेजसरी हाम्रो मिलनलाई मेटिदियो तर मेट्न सकेन ती अमिट छापहरूलाई जसले प्रत्येक रातहरुमा मेरो एक्लोपनलाई सताउने गरेका छन् | जाँदाजाँदै तिमीले भनेका कुराहरू मनन गरेको छु मैले | तिमीले भनेजस्तै म पूर्ण भएर पनि आधा बनेको छु | मा खुला भएर पनि बन्द भएको छु र गतिशील भएर पनि स्थिर बनेको छु | प्यारी मोनिका मलाई माफ गर ल |

Comments
Post a Comment