Solukhumbu After 10 Years
केही समयअघि सोलुखुम्बूको सल्लेरी, नेले र काँगेल गाउँसम्मा पाइला पुर्याउन पाएँ । पूरा एक दशकपछि आफ्नो उद्गम भूमि पुग्दा विछट्ट खुसी लागेको थियो । मैले देखेका नवीन अनुभवहरू बाँड्न चाहन्छु म । चारपाङ्ग्रे सवारी गुड्न थालेछन् यहाँका बाटोमा (तस्वीर १); दशक अगाडी यो सपना थियो । थोरैबाहेक खास परिवर्तन रहेनछ स्कुलको रूपमा (तस्वीर २), सायद गुणमा अधिक परिवर्तन होला, र होओस् पनि ।
म बसेर पढेको घर, मेरो मामाघर, दुरुस्तै रहेछ (तस्वीर ३) । अनि नेलेबजार (तस्वीर ४) उस्तै नै रहेछ । अनि त्यो बेला खन्दै गरिएको ठाउँमा अचेल चीलगाडी आउँदो रहेछ(तस्वीर ५), त्यसैमा चढेर काठमाडौं पुग्ने अवसर पनि पाएँ मैले ।

photo 1
photo 2
photo 3
photo 4
photo 5
समग्रमा एकदम रमाइलो अनुभव सँगालेर फर्किएँ म ।
Comments
Post a Comment