शारीरिक धरातलको भौगोलिक केन्द्रबिन्दु नाइटो नै हो । कालो, गोरो, नीलो, रंगीन, महिला, पुरुष, वृद्ध, बच्चा जोसुकै होस् यसले आºनो फरक अस्तित्व बनाएको छ । नाभिस्थल वा नाभि मात्र भनेर पनि पुकारिने यो शरीरको महत्वपूर्ण परिचय भूँडीको पनि मध्यभागमा विराजमान हुन्छ । मानिसको जन्मअगाडि श्वासप्रश्वास, भोजन र निष्काशनको सबै जिम्मा पाएको यस्तो बहुआयामिक नाभिस्थलले जन्म भइसकेपछि ती कार्यभार अरुलाई दिएर आºनो बेग्लै पहिचान बनाएको हुन्छ । एउटी चञ्त्रल स्त्रीको गोलो नाइटोमा आँखा नपुऱ्याउने पुरुषहरू विरलै भेटिएलान् । भलै नाइटोको भूमिका हेर्ने र दृष्टिपान गर्ने भन्दा माथि नहोला । तर यो दृष्टिपानजत्तिको तृप्ति सायदै अरु क्षेत्रले दिन सक्लान् । यसैले त स्त्रीहरू पनि विभिन्न प्रपञ्चहरूबाट यस स्वाभिमानी अङ्गको प्रदर्शनमा लागिपरेकै हुन्छन् । यसैले नाइटो पुरातात्विक महत्वको एउटा अंगजस्तो देखिन्छ जसले जन्मअगाडि सारा जीवनको कार्यभार उठाए पनि जन्मपश्चात् केवल सौन्दर्यको साधनका रुपमा आफूलाई उभ्याएको छ । नाइटोको यस्तो अपरम्पार लीला हुँदाहुँदै पनि भैरव अर्यालले ” जयभूँडी”को सट्टा जयनाइटो लेख्न नसक्नु आफैंम...