नाइटोमहिमा
शारीरिक धरातलको भौगोलिक केन्द्रबिन्दु नाइटो नै हो । कालो, गोरो, नीलो, रंगीन, महिला, पुरुष, वृद्ध, बच्चा जोसुकै होस् यसले आºनो फरक अस्तित्व बनाएको छ । नाभिस्थल वा नाभि मात्र भनेर पनि पुकारिने यो शरीरको महत्वपूर्ण परिचय भूँडीको पनि मध्यभागमा विराजमान हुन्छ ।
मानिसको जन्मअगाडि श्वासप्रश्वास, भोजन र निष्काशनको सबै जिम्मा पाएको यस्तो बहुआयामिक नाभिस्थलले जन्म भइसकेपछि ती कार्यभार अरुलाई दिएर आºनो बेग्लै पहिचान बनाएको हुन्छ । एउटी चञ्त्रल स्त्रीको गोलो नाइटोमा आँखा नपुऱ्याउने पुरुषहरू विरलै भेटिएलान् । भलै नाइटोको भूमिका हेर्ने र दृष्टिपान गर्ने भन्दा माथि नहोला । तर यो दृष्टिपानजत्तिको तृप्ति सायदै अरु क्षेत्रले दिन सक्लान् । यसैले त स्त्रीहरू पनि विभिन्न प्रपञ्चहरूबाट यस स्वाभिमानी अङ्गको प्रदर्शनमा लागिपरेकै हुन्छन् । यसैले नाइटो पुरातात्विक महत्वको एउटा अंगजस्तो देखिन्छ जसले जन्मअगाडि सारा जीवनको कार्यभार उठाए पनि जन्मपश्चात् केवल सौन्दर्यको साधनका रुपमा आफूलाई उभ्याएको छ ।
नाइटोको यस्तो अपरम्पार लीला हुँदाहुँदै पनि भैरव अर्यालले ”जयभूँडी”को सट्टा जयनाइटो लेख्न नसक्नु आफैंमा हास्यास्पद छ । देवकोटाले यसप्रति कुनै रचना समर्पित नगर्नु पनि विडम्वना छ । एकजना लेखकले ”जुँगा”को बयानमा समय खर्चेर नाइटोलाई कम आँक्नु झनै दयालाग्दो देखिन्छ । यसरी भएको अदूरदर्शिताकै परिणामत: मजस्तो क्षुद्र लेखकले नाइटोको बारेमा लेख्नु अर्को दुर्भाग्य बन्न पुगेको छ ।
पाएदेखि सडक नै हसुर्ने सडक कार्यालयका सडकेहरूदेखि अन्धकारलाई समेत प्रकाशको एउटा रङ भन्ने परिभाषा दिएर त्यसको बिल भुक्तानी गर्ने बिजुलीसाहुसम्म, अनि जाली कागजले माली बनेका पुष्पपतङ्गदेखि बाहुबलले विद्वान बनेका पुस्तकनाशकहरूसम्म सबैको अग्रभागमा नाइटो शोभायमान छ । हन्तकाली प्रवृत्तिको विशिष्ट परिचयवाहक बनेको घिनलाग्दो मोटाइ र गोलाइ भएको भुँडीलाई नाइटोले थोरै भए पनि राहत दिएको हुन्छ । आफू दबिएर रहन्छ बरु तर भुँडीजसरी मोटाउन रुचाउँदैन नाइटो । विषम परिस्थितिमा आत्मसमर्पण गरेर हराएर पनि जाँदैन यो । आदिदेखि अनन्तसम्म, निर्धनदेखि अमीरसम्म, नवजातदेखि मृतसम्म सबैलाई समान न्याय र इमानदारिताको दृष्टिले हेर्ने यसले समग्र न्यायप्रणालीलाई नै व्यंग गरेजस्तो प्रतीत हुन्छ ।
नाइटोका भुक्तभोगीहरू यसको दर्शनका लागि अनेक तीर्थस्थलहरू धाउने गर्दछन्, नाइटोधारीहरूको व्यवसाय र पृष्ठभूमि जेजस्तो भए पनि पापका विशुद्ध अनुयायीहरूको पाप कोटीहोम र दानयज्ञले पखालेजसरी नाइटोप्रदर्शनले सर्लक्कै पखाल्दछ । हत्यारा र अपराधीहरू धनरुपी गङ्गाजलले धर्मभिरुमा परिवर्तन भएझैं गैरनाभिप्रणालीका ज्ञातअज्ञात कर्तुतहरूलाई नाइटोको व्यक्तित्वले खर्लप्पै खाइदिन्छ । यसैले नाइटो महान छ, सूक्ष्म भएर पनि व्यापक छ । दमित भएर पनि उग्र छ अनि सामान्य भएर पनि सुन्दर छ ।

Comments
Post a Comment