समय

समय साँघुरिएको छ,
खुम्चिएर सानो भएको छ ।

फूलहरू फुल्न छोड्दैनन्
भँवराहरू घुम्न छोड्दैनन्
वर्षाले बिर्सेको छैन बर्षन
हाँसो, रोदन, उल्लास, आशा
जीवनका अनगिन्ति तृष्णाहरू
जिवितै रहन्छन् जीजिविषाहरू

अवगुण्ठित भएर आफैंभित्र्
तर लुकिरहन्छ भयानक अन्त्य
किनकी अन्त्य निश्चित छ
सबै सबै सौन्दर्यको
र, इर्ष्या द्वेश र घमण्डको
कालजयी छैन केही

समय जतिसुकै फैलियोस यसरी नै
यसको पनि अन्त्य निश्चित छ
जसरी यो खुम्चिदैछ क्षीण हुँदै ।

Comments

Popular posts from this blog

फोक्सुण्डो तालतिरकाे मनमाेहक यात्रा

Solukhumbu After 10 Years

लाङटाङ पदयात्रा र अनुभवहरू