केहि स्वतन्त्र विचारहरू, साहित्यझैँ लाग्ने केहि टुक्राटाक्रीहरू, कतै गुनासो, कहिँ गथासो, राम्रा ठानिएका तस्वीरहरू र आफ्नै अनुभवसँग साटिएको जीवनखण्डका वर्णनहरू !
२०८१ सालको कात्तिक ९ गते, 25 October 2024 पूर्व धरानबाट चारजना निस्कियौं । अंकिता, बलराम, विज्ञ र म । याे यात्रा फोक्सुण्डो ताल सम्मकाे हाे । शुक्रबार दिउँसाे ४ बजे इँटहरीबाट गाडीमा निस्किएका हामी शनिबार बिहान नवलपुर पुग्छाैं खाजाचिया खान । काेहलपुर पुग्दा साँढे दुई बजेकाे छ र हाम्रो समूह नौ जनामा बदलिसकेको थियो। सुरेश, प्रतीक, विभा, जगदीश, सुवास थपिएका छन् । उनीहरूले नेपालगंजदेखि सुमो गाडी लिइसकेका छन् । अब कोहलपुरबाट यात्रा सुरु भयाे। कैलालीका चलाख चालक छन् हाम्रा सारथि। गफाडी छन् अलिलि। गाडीलाई सुर्खेततिर हान्न थाले उनले। राम्रो बाटो छ । सुर्खेतबजार नपुगी छिन्चुबाट जाजरकाेटकाे बाटाे लाग्छ गाडी । साँझमा हामी सल्यान जिल्लाको वनगाड कुपिण्डेमा पुग्यौं। नयाँ जिल्लामा पाइला राख्न उत्साहित थिएँ म । सानाे विश्राम लिइयाे यहाँ। हामीलाई बाेक्ने सुमाे Driver र भूतका कहानी रातको अँध्यारो छिप्पिएकाे थियो। हरेक यात्रामा Driverहरूले भूत-प्रेतका कथाहरू सुनाउने गर्दछन्। मैले रारा यात्रामा driverले भूत भेेटेको कुरा भनेकाे...
केही समयअघि सोलुखुम्बूको सल्लेरी, नेले र काँगेल गाउँसम्मा पाइला पुर्याउन पाएँ । पूरा एक दशकपछि आफ्नो उद्गम भूमि पुग्दा विछट्ट खुसी लागेको थियो । मैले देखेका नवीन अनुभवहरू बाँड्न चाहन्छु म । चारपाङ्ग्रे सवारी गुड्न थालेछन् यहाँका बाटोमा (तस्वीर १); दशक अगाडी यो सपना थियो । थोरैबाहेक खास परिवर्तन रहेनछ स्कुलको रूपमा (तस्वीर २), सायद गुणमा अधिक परिवर्तन होला, र होओस् पनि । म बसेर पढेको घर, मेरो मामाघर, दुरुस्तै रहेछ (तस्वीर ३) । अनि नेलेबजार (तस्वीर ४) उस्तै नै रहेछ । अनि त्यो बेला खन्दै गरिएको ठाउँमा अचेल चीलगाडी आउँदो रहेछ(तस्वीर ५), त्यसैमा चढेर काठमाडौं पुग्ने अवसर पनि पाएँ मैले । photo 1 photo 2 photo 3 photo 4 photo 5 समग्रमा एकदम रमाइलो अनुभव सँगालेर फर्किएँ म ।
दशैँ सकिनासाथ यात्रा गर्नुपर्छ भन्ने सल्लाह थियो । तर दशैँलगत्तै करिब देशैभरिको मौसम यात्रा गर्न मिल्ने खालको देखिएन । यसैले केही दिन कुरेर मौसमलाई सङ्लो हुन दिइयो । यसपछि एक शुक्रबार धरानबाट काठमाडौँ लागियो । अचम्मको कुरा बिहान माइक्रोबस कुर्न खडा भएको ठावैमा एक थान लौरो भेटियो । कसैले मेरो यात्राको लागि सुटुक्क छोडिदिएको उपहार भन्ठानी त्यसलाई लिइहालेँ । अन्यथा कतै बाटोमा किन्नुपर्ने वा खोज्नुपर्ने हुन सक्थ्यो । यात्रामा सामेल हुने अरु दुई मित्रहरूलाई शनिबार नै हिँड्नुपर्ने प्रस्ताव राखेँ । रात्रिकालीन ऊर्जा लिएँ र शनिबार बिहानी माछापोखरीको लागि बाटो तताएँ । पहिलो दिन (काठमाडौँ - स्याप्रुबेसी - बाम्बु) राम्रो खालको पर्यटक बसमा आरामदायी सीट पाइयो । भाडाचाहिँ हजार रहेछ । मेरो छेउमा यसपालि विदेशी पर्यटक थिए । पछिको सीटमा दुई जनासहित तीन जनाको टोली । यो यात्रा काठमाडौँदेखि रसुवा जिल्लाको स्याप्रुबेँसीसम्मको लागि र दूरी १२२ किलोमिटर अनि । करिब आठ बजेकलङ्की हुँदै थानकोट जाँदै थियो बस, यता मलाई थाम्नै नसकिने गरी पिसाबले च्याप्न थाल्यो । यस्तो अनुभव मैले कहिल्यै भोग्नुपरेको थिएन ।...
Comments
Post a Comment