केहि स्वतन्त्र विचारहरू, साहित्यझैँ लाग्ने केहि टुक्राटाक्रीहरू, कतै गुनासो, कहिँ गथासो, राम्रा ठानिएका तस्वीरहरू र आफ्नै अनुभवसँग साटिएको जीवनखण्डका वर्णनहरू !
प्रिय पूर्व प्रेमिका, मलाई माफ गर । मैले बिराएको छु । म अक्षम्य छु । मलाई लाग्छ यदि नर्कको कठोरतम झ्यालखानामा कैयौ वर्ष राख्ने हो भने पनि मेरो पापको असूली हुँदैन होला । मैले तिमीलाई फेसबुकमा जवाफ दिएको थिएँ । तर स्प्रुमै अड्किएर कास्टिङमा नपुगेको मेटलजस्तै ती बाटोमै अड्किएछन् । त्यसैले तिम्रा एकोहोरो प्रश्नहरू थुप्रिएछन् । तिनको जवाफ लाउन खोज्दैछु । कृपया पढिदेऊ । हो, तिमीले भनेजस्तै हामीवीच समानता कमै थिएछन् । म्याक्जिलरी ट्रेमा अल्जिनेट हालेर म्यान्डिबुलर इम्प्रेसन लिन खोजेजस्तै हुन्थ्यो हाम्रो मिलन । तिमी अमाल्गमजस्ती काली, म कम्पोजिटझैं गोरो । लौ रङ ठूलो कुरा होइन होला तर तिम्रो र मेरो जात पनि त मिल्थेन । तिमी म्याक्जिलरी एन्टेरिअरहरूझैं सौखिन, उच्च खानदानकी, म परें म्यान्डिबुलर थर्ड मोलरझैं दुर्गमको, हेलाहोचो सहनुपर्ने र ताल परे उखेलिने जातको । तिमी धनवती सुनले बनाएको इन्लेजस्ती म त सामान्य कामजीवी । यी असमानताहरूवीच पनि मैले समानता खोजें । इडेन्टुलस मुखमा स्ट्रेप्टोकोकस म्युटान्स खोजेझैं, ग्रेड ३ हल्लेका दाँतमा क्राउन हाल्न खोजेझैं । तिमीले सम्झाएकी हौ । नबुझेको मैले नै...
जतिबेला जून थियो आकाशमा र पीपलको रूखका अनगिन्ति पातहरूले हामीलाई लुकाएका थिए जूनको दृष्टिबाट | त्यसै पल मेरा स्मृतिका अंशहरूमा, मेरो यादको हिस्साहरूमा घुल्दै गइछौ तिमी | यस्तो सम्मिश्रण बन्दै गएछ त्यो वर्षातमा रुझ्दै जंगललाई नियाल्दै गर्दा | कतिबेला मिसिएछु म तिमिभित्रै | पहाडको चीसो हावामा चंगाको डोरी जसरी लठारिदै एकबाट अनेक बनेका सपनाहरूमा नायिका बनिछौ तिमी र म नायक बन्दै गएछु | र, ती सबै सपनाहरूको केन्द्रमा हाम्रो प्रेम अंकुराउंदै गएछ | म सोच्तथें यी क्षणिक घटनाहरू हुन् | भेडेटारको मौसमजसरी परिवर्तित हुने नै छन् | मन्दिरको एक कुनामा हाम्रा हातहरू गाँसिदा मैले सोचेथें ईश्वरले त्यस कुनासम्म देख्ने छैनन् | होलीमा तिम्रो सर्वांग रंगीन बनाउँदै गर्दा मैले बुझिनँ मेरो हृदयमा तिम्रो संग्लो तस्वीर कुँदिदै गएको | बगरकोटमा तारन्तार गएर मिठो सुकुटी र सुँगुरको कान चपाउँदा मेरो जिभ्रो अल्मलिएको बेला तिम्रो मधुर स्पर्शले मेरो मन रंगमगिएको मैले चाल पाइनँ | खुकुरी रमले मस्तिष्क खल्बलिएर स्वर्गीय आनन्दमा डुब्दा तिम्रो अधरको कोमल चुम्बन हृदयको अन्तस्करणसम्म पुग्ने तरंग भनेर मैले जानिनँ | टाढासम्म हे...
Namaste Jharna is one of the beautiful destinations from Dharan, Biratnagar or any of nearby places to have a day out. It lies some 5 to 6 kilometres from Bhedetar, a famous tourist destination these days. Be it a visit by loving couples or by educational picnic group or by the people who have never experienced the taste of hills, Namaste Jharna definitely gives pleasant experiences. It will be half an hour of promenade on the hills by foot. The path once used to be slippery and formidable for passers-by now seems better with concrete on the ground and iron bars on one side. So, people don’t need to be fearful of falls or slides. The outing to this place might be well-amused if one visits during summer, so that soaking in water is cool. However, round the year travelers are queued to get up close to the waterfall clicking many memorable pictures. The best thing about this is its easy access from Dharan. With your own vehicle, you can reach within 2 hours and park your vehicle at en...
Comments
Post a Comment