Posts

Showing posts from 2017

हुम्ला किन सिमला बन्दैन ? (Humla vs Shimla)

Image
Shimla at night हल्का विषम नै भए पनि मनाङको यात्रा सुखद रह्यो । यसको लगत्तै भारतको भ्रमणको मौका जुऱ्यो । यो पटक एउटा शैक्षणिक तालिमका लागि चण्डिगढ भन्ने ठाउँ  जानु थियो । यो सानो सहरको विशेषता भनेको सरल रेखाजस्ता चौडा सडकहरु, आयताकार तरिकाले निर्मित सेक्टरहरु र सापेक्षिक रुपमा अनुशासित ट्राफिक व्यवस्थापन आदि होलान्, अर्थात् ४ दिने बसाइमा मैले यति अनुभूत गरेछु । तर अर्को रमाइलो कुरा यो सानो सहर भारतकै दुइटा राज्य (पञ्जाब र हरियाणा) को राजधानी पनि रहेछ, आफू स्वयम् भने केन्द्र सरकारको मातहतमा चल्दोरहेछ । shimla in daylight तालिम सकेको दिन घुम्नुपऱ्यो भनेर लगभग डेढसय किलोमिटर टाढाको सिमला जाने निधो भयो । हिमाचल प्रदेशको राजधानी सिमला पहाडी स्टेशनको रुपमा परिचित पर्यटकीय गन्तव्य हो । उबडखाबड नभएको सडकमा लगभग ३ देखि ५ घण्टाभित्र पुग्न सकिने यो सहर पहाडमै बनाइएका घरहरु र अन्य संरचनाहरुले सुरम्य लाग्नेरहेछ । रातमा झिलिमिलीमा झन् मजाको देखिने । कुर्फी भन्ने ठाउँ  जाँदा २४०० मिटर उचाइमा रहेको चिप्लो सडकबाट तलतिर देखिने हरिया पहाडको खोंचलाई "ग्रीन भ्याली" नाम दिइएको रहेछ । ...

Trip to Tilicho तिलिचो तिरको समय-यात्रा

Image
जान्दाखेरि म कतै थिएँ, निदाइरहेको । मस्त । चूपचाप । निस्पृह । व्युँझिएछु । कुमार नगरकोटीको "घाटमान्डु"को पेज नम्बर ११० बाट, माइ डियर फ्रेण्ड , म अकस्मात् उठें । संसार फ्रोजन थियो । जताततै उद्विग्नता, आलस्यता, एकोहोरोपनको धमिलो प्रकाश फिंजारिएको थियो । जाँगरको पित्कोसम्म पनि कतै देखिएन। हैन किन स्ट्यागन्यान्ट भयो हँ  समय ? मैले सोचें, अब यात्रामा लाग्नैपर्छ । केही थान सहयात्रीहरु अवश्य चाहिने थिए यस यात्रामा । तेसैले तिनीहरुलाई निद्राबाट जगाउनुलाई पहिलो कार्य ठान्दै म तिनीहरुको शयनकक्षमा पसें । पेज नम्बर ११० मा उल्लेख थियो, "आमाको कोख निदाउनका निम्ति यस जगतको सर्वोत्कृष्ट विछ्यौना हो" । यसै पेजमा निद्रारत थिए, उनीहरु । अनुह गौतम, जमल गिरी, अशोक ऐर, सूर्यनारायण पुन, लक्ष्मण खनाल, हेमराज गैरे र विशाल बाबु बस्नेत । तिनीहरु यस्ता नामधारी थिए । परन्तु यस यात्रामा तिनीहरुलाई केवल विन्दू मानिने थियो ।  एक थोप्लो ( . ) ।    झटपट उठेका यी सात थोप्लाहरु एकत्र भए यो यात्रामा ।  न्यारेटरका रुपमा थोप्लो "बी"लाई चुनियो ।  अँ  त म भन्दै थि...

http://preview.shorthand.com/fmtmYnOrXl

http://preview.shorthand.com/fmtmYnOrXl

Chitawan, Sauraha and around

Image
This episode is not going to be litany of explanations about natural or socio-cultural heritages, but explicit overview of what I did during a short break from my routine work. So it would be boring to delve into it if you have not time. Ok, let me start. There was a research training to begin with. In Bharatpur, Chitawan. For which we took a night bus from Dharan and took our sojourn at a hotel by 4.00AM. Two days were for training, let’s not talk about its details. The evening of Friday, however, was fun-filled on the bank of Narayani river. We from batch 2005 of BPKIHS gathered to celebrate reunion at ‘home away from home.’ Next day, I took respite at a brother’s place, who took me to Sauraha, a famous place one wouldn’t like to miss during any trip to Chitawan. There’s a popular saying that if one hasn’t seen a rhino in a lifetime, his/her life is worthless. Despite rigorous chase into the wild on the back of a colossal elephant, we didn’t see the face of one-...

Annapurna Base Camp trekking

  Adventure beautifully craved ABC is not as easy as abc! Imagine a short break from a squalid quotidian life to some salubrious place, preferably away from urban hubbub. The trip to majestic mountains of Nepal will supplicate all we need. If we get a small leisure time, as small as 5-7 days, a short yet adventurous journey can easily be planned. Just we must have the penchant for travelling and a hale, struggling body to cope with. On the months of February and March, many of our friends talked in closed Facebook group regarding this trip. Some gave the tepid response while others showed great enthusiasm. Finally a team of 6 people met in Pokhara in the morning of April 8, 2017. From Baglung Bus Park, named so because buses to Baglung leave from there, we took a bus towards Ghandruk (1940m). It took less than 4 hours to reach the final point where bus left us on foot. Checking our bags which were packed with thick jackets, sweaters, mufflers, caps, socks, medicines, firs...

अन्नपूर्ण पदयात्रा र अनुभूतिहरु; ABC Trek

Image
पदयात्रा आफैंमा एउटा रोचक र विशिष्ट अनुभव हो । यस क्रममा आफ्नो शारीरिक क्षमताको गहन परीक्षण त हुन्छ नै, अझ यात्राकै अवधिमा गरिने सामाजिक संसर्ग, प्राकृतिक छटाहरुको रसस्वादन र फरक परिस्थितिको समायोजनले नवीन अनुभव र भोगाइ समेट्दछ । हिमालको फेदमा पुग्ने पदयात्रा, अझ विश्वमै चर्चितमध्येको एक अन्नपूर्ण पदयात्रा । सुनेरै जीउ ढकक्क फुल्छ, गर्दा  नरमाइलो हुने त कुरै भएन । कुनै यात्रालाई तब सफल मानिन्छ, जब गन्तव्यसम्म सहज तरिकाले पुगिन्छ र फर्केर घरसम्म आइन्छ ।  घरमा बसेर यात्राअवधिका उछालमतालहरु सम्झँदा  निश्चय नै मन पुलकित हुन्छ, रोमाञ्चित हुन्छ र शव्दमा वर्णन गर्न नसकिने खुसीले फुरुङ्ग हुन्छ । यसपालि मसँग  त्यस्तै यात्राको बेलिविस्तार छ, दिल खोलेर पढ्नुहोला । यात्रा सुरु गर्नुअघि हामीले फेसबुकमा यात्रासम्बन्धी लामालामा बहसहरु गऱ्यौं । अप्रिल ७ मा धरानबाट निस्किएको एउटा टोली अप्रिल ८ को बिहान पोखरामा अर्को समूहसँग मिसिएपछि अन्तत: ६ जनाको टोली जुट्यो । बाग्लुङ  बसपार्क पुगेर अर्को बस पक्रिनुअघि माछापुच्छ्रे हिमालको तस्वीर लिन थाल्यौं मनमा सोच्दै थियौं- 'त्यसैक...