Pokhara, Lekhnath, Tanahun



पश्चिमतिरका तस्वीरहरू

यसपालिको दशैँ दुई कविमा समर्पित भएर बित्यो | साहित्यमा रुचि राख्ने मान्छे भएको नाताले मलाई साहित्यनजिकका कुराहरुले स्पर्श गर्ने गर्दछन् | धेरथोर साहित्यिक रचनामा हात पनि हालेको र मौसमी सहित्यको रसस्वादन पनि गरी आएको मान्छे जो परियो | 

भानुभक्तको जन्मस्थलमा स्थापित संस्कृत पाठशाला






"ज्युँदै मरयाको भनी नाउँ कसको ?

उद्यम बिना बित्दछ काल जसको |"
यी पंक्तिका रचयिता नेपाली आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घा, तनहुँ पुग्ने अवसर जुट्यो यसपालि |





लेखनाथ जन्मस्थल प्रवेशद्वार




त्यस्तै पोखरा घुम्ने सिलसिलामा लेखनाथ नगरपालिकामा बास जुर्यो | यहाँबाट वेगनास ताल पुग्न सजिलो रहेछ | बाटोमा कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल पनि पर्ने रहेछ | 


म खाऊँ मै लाऊँ सुख शयल वा मोज म गरू
म बाँचूँ मै नाचूँ अरु सब मरुन् दुर्बलहरु
भनी दाह्रा धस्ने अबुझ शठ देखी छक परी

चिता खित्का छाडी अभयसित हाँस्यो मरिमरी ।
- कविशिरोमणि लेखनाथ पौड्याल





पोखरा विचित्रको सहर रहेछ | घुम्दै जाने क्रममा थुप्रै रमणीय स्थानहरू त छुटे नै होलान् परन्तु यहाको फेवाताल, पाताले छाँगो, महेन्द्र गुफा र गुप्तेश्वर महादेवको गुफा चाहिँ यो पटक घुमियो | 
मलाई यहाँको सडक, चोकहरू, तालहरू र स-साना घरहरु आकर्षक लागे | 


वेगनास ताल, कास्की


पाताले छाँगो, कास्की


महेन्द्र गुफा, कास्की

महेन्द्र गुफा

फेवातालको बीचमा रहेको मन्दिर

फेवाताल


छाँगो प्रवेशद्वार


छाँगोको नजिकै रहेको गुप्तेश्वर महादेव गुफा जाने बाटो

लेखक, पाताले छाँगोको पृष्ठभूमिमा

लेखनाथबाट काठमाडौँ फर्कने क्रममा लेखक

(यस भ्रमण र विविध रमाइला पक्षहरू समेटेर अर्को ब्लग लेख्ने विचार गरेको छु |)


Comments

Popular posts from this blog

फोक्सुण्डो तालतिरकाे मनमाेहक यात्रा

Solukhumbu After 10 Years

लाङटाङ पदयात्रा र अनुभवहरू