THAILAND, BANGKOK, PATTAYA




बैंकक, भाषा र रात्रिजीवन
२१ सेप्टेम्बर २०१५


एफ्डीआइ नामक डेन्टल अर्गनाइजेसनको वार्षिक कार्यक्रम यो पालि थाइल्याण्डको राजधानी बैंककमा हुने तय भएको थियो । हामीले रजिस्ट्रेसन गरिसकेका थियौं, भिसा लागिसकेको थियो र डलर साटिसकेका थियौं । सेप्टेम्बर २१ को बिहानीपख विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट म र अन्य तीन जना दन्तचिकित्सक मित्रहरू निस्क्यौं । बन्दको डरले बिहान तीन बजे धरान छोडियो ।
धरानबाट घरमा निस्केर मेरो सामान लिएपछि गाडी -काँकडभिट्टातिर लाग्यो ।
काँकडभित्ता सिमाना, नेपाल
हाम्रा गाडीचालक दाइले गाडि रफ्तार कुदाइराछन् र भन्दैछन् विदेश जानेहरूलाई धेरैपल्ट एयरपोर्ट पुराएँ तर भारतबाहेक अन्त गाछैन । गाडी चलाको २६ वर्ष भएछ उनले । अर्को गाडीमा हाम्रा गुरुहरू थिए |  बजे अध्यागमनबाट नेपाल छोडेको छाप लगाइयो र भारत प्रवेशको छाप लगाउन पारिपट्टि छिरियो । बागडोगरा विमानस्थल ७ बजे तिर आइपुगियो । कुराइ पट्यारलाग्दो थियो। वाईफाई फ्री भनिए पनि नटिप्ने रहेछ । बोर भो कुर्दा कुर्दा; कोलकाता जाने  फ्लाइट ४:३५  को छ।
साँढे एक बजेतिर बोर्डिङ पास लिइयो, कुर्नको लागि ३नंवर कोठा तिर आइयो ।
अझै कुराइ जारी छ तर सिशाको झ्यालबाट जहाजहरू आएको-गएको हेर्न पाइएको छ ।
४:४५ मा बल्ल बोर्डेड भइयो । हल्का रमाइलो भइराछ । बाहिर बादल छ । केही देखिने हैन । ३३०००हजार फिटमाथि उडेको जानकारी पाइयो । दूरी ४८५ किमी जति रहेछ एयरहोस्टेसले जानकारी दिइरहेकी थिइन् । एउटा अक्षर तलमाथि नगरी खरर बोल्दै थिइन् उनी । कति मजाले घोकेको हो कुराहरू ।
अलि अलि टर्बुलेन्स पनि हुन थालेको छ । विमान अलिअलि हल्लिरहेको थियो | अबको २५-३० मिनेटमा कलकत्ता पुगिन्छ रे । साँझ ५:४७मा नेताजी सुवास चन्द्र वोस एयरपोर्ट ओर्लियो। यताउता टहल्दै र चेकिङका कामहरू गर्दागर्दै अर्को जहाज चढ्ने बेला भयो ।
८:४५ तिर बैंककको लागि प्लेनमा पसियो । अबको यात्रा अवधि २ घण्टा २० मिनेट भएको र दूरी  १७०० किमि रहेको जानकारी पाइयो । ,
अँध्यारोमा केही देखिने हैन अब सुत्नुपर्ला। प्लेनमा खाने चीज महङ्गा हुँदारहेछन् जस्तै ५० – ६० नेरू पर्ने आलु चिप्स्  डलर । समय बिताउन हामी जिस्किरहेका छौं घरिघरि बत्ती बालेर परिचारिका बोलाउने र पानी माग्ने । तीनजनाले  ग्लास पिइएछ । तिनीहरू दिक्क भए होलान् ।
निद्रा लाग्या छैन मलाई चैं तर मेरा सहयात्रीहरू सबैजना निदाइरहेका छन् । टर्बुलेन्सले गर्दा ठमेलको बिग्रेको बाटोमा ट्याक्टर कुदेजस्तो नि गरिराछ प्लेन । त्यसैले परिचारिकाहरू सिट बेल्ट बाँध्न सम्झाइरहेका छन् ।
झ्यालबाहिर अलिअलि बत्ति बलेको देखियो सायद नजिक पुगियो होला ।
अवतरणपछि पासपोर्ट चेकमा अलिक तनाव भो। अर्कैतिर लाइन लगेर हो कि बस्ने होटलको नाम स्पष्ट नभएर हो । अर्थात् उनीहरूको अंग्रेजी लवज नै तेस्तै हो । सम्झाएको, जिस्केको वा गाली गरेको केही बुझिने हैन । हतपति अर्थ नै बुझिन्न । यहाँ अंग्रेजीको इज्जत रहेनछ । अलिबेर अलमलायो । त्यहाँबाट मुक्त भए पछि डलर  र भारु सटहि गरियो । पैसा साट्तै गर्दा एउटि चिनियाले मेरो पैसातिर हात देखाउँदै आफूसँग भएको चिनिया युआन देखाई । अंग्रेजी थोपै बुझ्दिन ऊ। मसँग नेपाली/अमेरिकि/भारतिय सबै पैसा थियो। हाम्रो छलफलमा भएका अनुमानहरू:-
1. ऊ अमेरिकि डलर साट्न चाहन्थी।  (तर त्यो सटहि काउन्टरमा मिलिहाल्थ्यो ।)
2. ऊ हरेक देशको नोट राख्न सायद नेपाली पैसा माग्दैथी।
3. ऊ भन्दैथी; तँसँग चीनको पैसा रहेनछ लु राख् ।
4.यस्तै यस्तै ।
तर केही प्रयासले नि कुरा नबुझी हामी वाटो लाग्यौं
अनि ट्याक्सि  लिएर ओनिद्रा हाउस नाम गरेको हाम्रो आवास जानुथियो । ट्याक्सी लिने नि प्रणाली छुट्टै रहेछ । कुपनमा ट्याक्सी नं र ड्राइभरको नामसमेत लिएर बल्ल ट्याक्सि लिने रहेछ; ५००भाट लियो; होटलवालालाई फोन गर्न सघायो ड्राइभरले तर होटलवाला आएन । होटल बुकिङ नि रमाइलो रहेछ । हाम्रो नाममा गर्नुपर्ने कामको जानकारी लेखेर टाँसिदिएछ; भनेअनुसार ढोकाको फोनबाट पासकोड दिएर ढोका खुल्यो र रुम नं पत्ता लाग्यो; घरबेटी नभेटी रुम छिरेर सुत्दा बजेको थियो ।

२२ सेप्टेम्बर २०१५

बिहान निद्रा खुलेपछि केहिबेर नेट चलाइयो; खवर बाडियो । यसपछि पैसा तिरियो घरबेटिलाई २४००भाट तीन दिनको । अनि घुम्न निस्कदा थाइल्याण्डमा चल्ने सिमको नं लिइयो; तर केही नबुझिने के के जाती भन्दैथी नेटवर्कवाली । यहाँ सेभेन-एलेभेन भन्ने दोकान भेटिने रहेछ जताततै । सस्तो पनि र दैनिक उपभोगका हरेक वस्तु पनि भेटिने । भाषा चैं गाह्रो । अंग्रेजी बुझे मर्नु । भाषा नजानेपछि गँवार नै भइने रहेछ, स्नातकोत्तर सकेका वा गर्दै गरेका हामी कति निरीह थियौं त्यहाँ | अनपढजस्तै थियौं | भाषिक अपांगताको नमूना आफैंमा देख्न पाइयो | खाना  खाइयो नेपाली बोल्ने नेवारको होटलमा भेज खाना । उनी बर्माकी रहिछिन् । ऐले समय बज्यो अब डेन्टलको प्रोग्रामतिर लाग्ने योजना बनायौं ।
प्रोग्राम जानुअघि एमबिके भन्ने मारकेट गइयो; भव्य रहेछ । तर हामीले किनिनसक्नु, एउटा सर्टकै ३०००भाट पो भन्छ; तैपनि केहि सामान किनियो।
यहाँबाट प्रोग्राम जान रेल चढ्नुपर्ने रहेछ । भाषाले दु:ख दियो । सोधेर ढोकासम्म पुगियो स्टेसनको; फेरि एउटाले अर्को दिशा देखायो; फेरि यतै आइयो। लगभग १२ जनालाई सोधियो दस मिटरको बाटो थाहा पाउन । टिकट केन्द्रमा अर्को फसाद परो । एक टिकटको ५२ भाट भन्यो, मैले सय दिएँ र भाट खोज्दै थिएँ दुइटा टिकटको लागि । उसले एक मुठि सिक्काहरू दिएर उता जा भन्यो, टिकट पनि दिएन। भन्न त उसले टिकट पर लिनु भनेको हो तर बुझ्न हम्मे परो । म ट्वाँ परेर सिक्का हेर्दै बसें ऊ बुझिने तर अर्थ नलाग्ने  वाक्यहरू फलाक्न थाल्यो । अन्तत: त्यसले दिएको सिक्का लगेर मेसिनमा हालेपछि टिकट निस्कियो तर वटा दशका सिक्का हाल्दा टिकट फुत्त निस्कियो, हामी सफल भएको खुसीमा दौड्यौं तर ६० भाटबाट बचेको भाट तलतिर खसेको पत्तो पाइएन । त्यो खेर गयो । कठै नेपाली हुनुको पीडा ।
रेलमा इमिरेट्सका मान्छेले सघाऊ माग्यौं, र बाङना पुगियो । त्यहाँ एफडिआइको प्रोग्राममा झण्डोत्तलनको कार्यक्रम रमाइलो भयो; सबै देशका प्रतिनिधिहरू र अतिथिहरू आफ्नो झण्डा स्कृनमा आउँदा चिच्याइरहेका थिए । नेपालका कता परेछन् कोही देखिएनन् । सायद नेपालको डेन्टल एसोसिएशनले अलिकति मान्छे त पठाएकै थियो होला । हामी चारजना त थियौं तर हातमा सानो झण्डा नभएकोले चुप बस्यौं ।

डेन्टल प्रोग्रामको दौरान, खानेकुरा

पार्टी रहेछ तेसपछि । दारू र गोरु पनि पाइने । के के हो के के परिकार । म्यूजिक पनि सँगसँगै ।
खाएर फर्केपछि रात्रिजीवन हेर्ने जोश आयो । उत्साहि भएर पतपङ भन्ने बजार पुगियो । एउटाले सय भाटमै योनिकला हेर्न मिल्छ भनेर उक्सायो । सबै जोशिए । चुरोटको धुवाँ निकाल्ने र टेबलटेनिसको बल फाल्ने कला गजब हो, बाँकि त अशोभनीय प्रदर्शन । बिल आउने बेला ४०० को सट्टा ७००० आयो । सबै निराश भइयो । ‘हैट’ भनेर रुम आएर सुतियो ।

२३ सेप्टेम्बर २०१५

आज बिहानै सपिङको कुरा थ्यो; नुहाइयो अनि खाना खान तेही रेस्टुरा गइयो । खाना खाएर प्रतुमन मारकेट जान खोजेको भाषाले केही बेर अलमलायो । मार्केट पुगेर धेरै नै सपिङ गरियो । त्यहाँ भाषासँग जुध्न क्याल्कुलेटर पर्याप्त थियो । हल्का बार्गेन चैं चल्दोरहेछ । एक ठाम धेरै अर्डर गरियो तर भाउ मिलेन । तिन्टा पेन्ट लिएर अरु लिन्न भनेको त गोरी चाइनिजजस्ती केटी भन्छे; “यु अर्डर दिस मच एण्ड नो टेकिंग, नो टेक, गेट आउट” । हामी लुरुक्कै भाग्यौं । इन्द्रा स्क्वाएरमा नेपालीभाषी बर्मेली भेटियो । मोबाइल किन्दा अचम्म लाग्यो । दुरुस्तै ६०-७० हजार पर्ने ब्राण्डेड मोबाइल पनि ८-९ हजारको हाराहारीमा बेच्दारहेछन् । खै कतिको राम्रा माल हुन् चाल पाउन सकिएन । फर्किदा ट्याक्सिमा आइयो; यहाँका ट्याक्सीहरू सबभन्दा महँगामध्येका रहेछन् ।
रातमा खाओसान मार्केट लागियो । दिनभरि मोटर कुद्ने बाटोमा रातभरि विभिन्न खानेकुरा; कपडा र डान्स सोहरू हुने रहेछन् । त्यहाँ पनि रमाइलो गरियो हल्का ।
मसाजमा जान नेपालीभाषी पूर्व नेपालीले फकाउँदैथ्यो; गइएन । अब त हामी बाठा भइसकेका थियौं ।

२४ सेप्टेम्बर २०१५

बिहान ट्याक्सी लिएर ग्रान्ड प्यालेसको यात्रा तय गरियो । बुद्धको गुम्बा, संग्रहालय आदि हेरियो । विभिन्न शताव्दीका राजामहाराजाहरूले प्रयोग गर्ने कपडा, भाडावर्तन, सुर्तीदानी, खरानीदानी लगायतका सामानहरू सजाएर राखिएका थिए संग्रहालयमा, फोटो खिच्न पाइने थिएन | तरबारहरू, सैनिक ओहदाका फुलिहरू, पोशाकहरू पनि थिए, कलात्मक थियो त्यहाँको सम्पूर्ण वातावारण | हुन त धेरै चीज सामान्य नै थिए तर ऐतिहासिक महत्वका थिए | मुलत: त्यहाँको सजावट, रुपरंग, रातो कार्पेट, सफाई, वातानुकुलित कोठा, टिलिक्क टल्किएका भित्ताहरू र पर्यटकलाई जानकारी दिएइरहेका भिडियोहरू सबैको संयोजन बेजोड थियो |
ग्रान्ड प्यालेसको एक दृश्य
ग्रान्ड प्यालेसको एक झलक

 हामी नेपालको आलोचनामा व्यस्त हुनु स्वाभाविक थियो | यस्ता पुरातात्विक र ऐतिहासिक सरसामग्री नेपालमा नभएका हैनन्, तर यति बिछट्टको व्यवस्थापन हाम्रो छैन | पर्यटक केवल हेर्न मात्र आउने मान्छे हैनन् | तिनीहरू आराम चाहन्छन्, मस्ती चाहन्छन्, रमाइलोभोगी, सुविधाभोगी र मनोरञ्जनप्रेमी हुन्छन्, यो आशयतिर केन्द्रित थियो त्यहाँको व्यवस्थापन |
ग्रान्ड प्यालेसभित्रइमाराल्ड बुद्ध मन्दिर
संग्रहालयपछि इमाराल्ड बुद्धको मुर्ति भएतिर गइयो, त्यहाँ फोटोहरू धेरै खिचियो । उखरमाउलो गर्मीमा पनि पर्यटकहरू फोटो खिच्न व्यस्त थिए | जुत्ता खोलेर पस्नुपर्ने एउटा गुम्बा पस्यौं हामी पनि | प्रार्थना गर्ने शैली यताकै जस्तो रहेछ | भुइँमा शिर निहुराएर गर्ने | दनापेटिकाहरू राखिएका थिए, मैले केहि सिक्का एउटामा खसाएं | त्यसपछि एउटा भव्य दरबारको अवलोकन गरियो | एकतिर भने जान नपाइने रहेछ, सायद वर्तमानकै राजा थिए होलान् त्यता | अब डेन्टलको कार्यक्रमस्थल अर्थात् बाङना जानु थियो | बस लिन खोजेको सकिएन । बरू ट्याक्सी लिइयो । कोरियन फ्लिमकी नायिका जस्ती सानी नानीले सरर कुदाइन् । अंग्रेजीमा केहि गफ गर्ने मेरो प्रयास विफल भयो, उनले भनिन्, आइ क्यान्ट स्पिक इंलिश |
डेन्टल कार्यक्रममा पुगियो मात्रै । खास केही हेरिएन । व्याग र सर्टिफिकेट लिइयो । राति नेपाली शैलीको खाना खाएर आराम गरियो ।



२५ सेप्टेम्बर २०१५

बिहान प्रेजेन्टेसनको लागि ट्रेन लिन हिडियो । एफडिआइले दिएको कार्ड प्रयोग गरेर यात्रा गरियो । प्रेजेन्टेसन ठिकै भयो ।  ११ बजेतिर  एउटा सेसन (हाम्रो लागि पहिलो) सुनियो । इम्प्लान्टसम्बन्धी ।
रातमा पताया
कार्यक्रम सकेर फर्किने क्रममा ट्रेनमा चढियो । आज कुपन पाइएकोले सस्तो (मुफ्त) भयो यात्रा नत्र ट्याक्सीले २-३ सय भाट बजाउँथ्यो । ट्रेनमा बोलेको सुन्दा नि अनौठो लाग्छ । अंग्रेजीमा एउटा स्थानको नाम “अन नट” लेख्याछ तर थाई बोल्दा “ओ...” भनेर लेग्रो तान्छ ।
एकामाई भन्ने स्टेसनबाट पतायाको लागि बस लिइयो । सय किमीजतिको यात्रा घण्टामै पूरा गरियो । बीचमा राम्रा दृश्यहरू हेर्दै पुलकित हुँदै हिडियो । सडकको संरचना व्यापक छ यिनीहरूको । अब नेपालको आलोचना सुरु भइहाल्यो । त्यहाँको अनुशासन, सफाइ र सद्भाव देखेर हामी छक्क थियौं । हुन त प्रायश पर्यटक नै थिए बसमा तर हामी सबभन्दा चर्को आवाजमा हल्ला गर्दैथियौं मानौं कोशीब्यारेजको माछा बजारमा असली माछा किन्दै थियौं हामी । तर पछि निदाइएछ । ओर्लेपछि बसपार्कमा नक्सा लिइयो र एउटा होटल बुक गरियो इनटरनेटबाटै । किनकि पैला बुक गरेको होटल टाढा परेछ । नक्साकै भरमा होटल पुग्दा रमाइलो अनुभूति भयो ।
ट्याक्सीको भाडा बच्नु अवश्य रमाइलो हो नि । नत्र सय-डेढसय चुना लागिहाल्थ्यो । रात्रिजीवनको मजा लिन समुद्रकिनारा पुग्दा अर्को संसार देखियो । यहाँको जीवनशैली अनौठै छ गाँठे । हिंड्दा-हिंड्दा खुब थाकियो । तर नाचगान, कडा म्युजिक, सडक उत्सव चलिराखेकै छ । विभिन्न देशका मान्छेहरू यत्रतत्र चाहारिरहेकै छन् । दु:खको कुरा समुद्रको रङ हेर्न पाइएन राति भएकोले । अब भोलि हेर्नुपर्ला ।

२६ सेप्टेम्बर २०१५

बिहान कोरल टापूको लागि प्रस्थान गरियो । एउटा डुङ्गामा सबैजना चढेर बीचमा रहेको पोर्टमा पुरायो  । डुङ्गा चढ्नु अघि फोटो पनि खिच्यो । त्यहाँ स्काइडाइभिङको मजा लिन पाइने रहेछ । मैले ५ मिनेट आकाशको उडानको मजा लिने निर्णय गरें ५०० भाट तिरेर । डोरीले एउटा मोटरबोटमा बाँध्ने रहेछ एकातिर भने अर्कोतिर प्यारासुटले आकाशतिर उडाउने | जति स्पिडमा मोटरलाई  पानीमा कुदाउँछ आफु भने आकाशतिर हुइकिने रहेछ |  मजा हुने रहेछ | तर जब स्पिड घटायो, पानीमा झ्वाम्मै डुबिने रहेछ सिरिंग हुने गरी |

पतायाको सामुद्रिक किनारा
त्यहाँबाट टापू पुगेपछि पानीमा खेल्यौं । पौडि नआउने भएकोले मैले रिङ लिएँ, रिङको सहयोगले पौडी खेल्न जे होस् मजा आयो । मैले पानीमा कुद्ने स्कुटर पनि चढें ।  फर्कँदा अघि खिचेको फोटो दुइटाको २०० भाट पो लियो । नलिदा नि हुने रैछ तर आफ्नो फोटो लिनै परो । पैसा कमाउन जानेका हुन् यिनीहरूले । पर्यटकलाई फकाई-फकाई कमाउने । फर्केर मीठो खाना खाइयो । होटल परिवर्तन गरेकोले समस्या भयो । होटल खोजीमा भाषाले समस्या दिंदै थियो । नेट चलाउने घरमा पुगेर सस्तो होटलको जानकारी पाइयो ।
नुवाइधुवाइपछि घुम्न निस्कियो । सडकको दायाबाया केबल मसाज सेन्टर छन् । समुद्रमा पौडी खेलेर थाकेको छ ज्यान । हल्का मालिश सबलाई चाहिएको छ तर आँट कसैको पुग्दैन । .. मैले जिस्किएर भनें, "पताया आएर नि यी काम गरेन भने स्वर्गमा ठाम पाइन्न रे ।" सबै हाँसे ।
राति केएफसीको बर्गर, फिला र आलु खाएर पेट भरियो । थाइल्याण्ड आएदेखि भात ४ छाक खाइएको छ । साथीहरू अल्काजार सो नामको कार्यक्रम हेर्न गए  । फर्केर रमाइलो लागेको प्रतिक्रिया दिए । म भने गइन |
फेरि "हिंड्ने गल्ली" अर्थात् वकिंग स्ट्रिटसम्मको यात्रा गरियो  । समुद्र छेउ हुँदै तलसम्म पुग्दा धेरै थाकिने रहेछ । बाटोभरि महिलाहरू लामबद्ध हुने रहेछन् | वास्ता नगरी आफ्नो बाटो लाग्दा केहि नगर्ने रहेछन् तर एक दृस्टी

पतायास्थित एक होडिंग बोर्ड

दियो भने “ह्वान” भन्दै आँखा झिम्क्याउने रहेछन् | के भनेको हो बुझिएन, सायद “वान्ट?” भनेर सोधेका हुन सक्छन् | दुई भाइ भीडमा हराए । म फर्किएको खवर दिएर म लुखुरलुखुर हिड्दै थिएँ । म अंग्रेजी बोल्न सक्ने कोही भेटिए यसो गफ गर्ने सोचाइमा थिएँ | त्यस्तै एकजनासँग भेट भयो, उसको नाम निम थियो । गफ गर्दा थाइल्याण्डको रात्रिजीवनको विकराल रूप थाहा भयो । रहरले यो पेशा नअँगाल्ने रहेछन् यहाँका बासिन्दाले । उसको इच्छा पनि पैसा धेरै कमाएर पसल खोल्ने छ रे । १७ वर्षीय बैनीसमेतको सहयोगमा । एक किसिमको विवशता थियो त्यो परिवारको । त्यस गल्लीमा मात्रै ऊजस्ता सयौं लामबद्ध थिए । अन्त कति थिए कति । मलाई यो संसारको विचित्र व्यबस्था देखेर कैले त झोंक पनि चल्छ । कस्तो क्रुर छ सृष्टिको नियम । यस्तै सोच्तै हिंड्दै गर्दा त्यति पर रहेको हाम्रो होटल पनि आइसकिएछ । ऐलेसम्मका गतिविधि कोरेर म पनि पल्टिएँ । पतायाको उच्चतम अनुभवहरू यी र यस्तै हुन् ।
राति सुत्दा धेरै ढिलो नै भयो । अझ दुईजना त कतिबेला आए थाहा पनि भएन ।

२७ सेप्टेम्बर २०१५

बिहानको उठाइ ढिलो भयो, हामी चारमध्ये दुई जना चै उठेर फेरी समुद्रकिनारा पुग्यौं | लगभग १२ बजे मात्र बैंककतिरको गाडि लिइयो । पुगेर फेरि वर्मेलिकोमा नेपाली शैलीको भात खाइयो ।
एसियाटिक जाने क्रममा

एसियाटिक बजार जाने क्रममा कृत्रिम नदीमाथिको पोर्ट
बैंककमै जागिर गर्ने एक जना साथी हङकङबाट आइसकेको रैछ | हामी खाना खाएर एसियाटिक भन्ने मार्केटतिर हिड्यौं । जाँदा त कृत्रिम नदीमा मिनिसिप चढेर जान पाइने रहेछ त्यो पनि बिना पैसा । क्या रमाइलो लाग्यो नदीको यात्रा । फोटो खिच्तै पर पुगेर त्यो बजार घुमियो । अबेर रति फेरि काउब्वइ स्ट्रिट र नाना भन्ने ठाम पुगियो । काउबोइ त प्रसिद्ध नै रहेछ रात्रिजीवनको लागि । अचम्म मान्दै हामी ट्याक्सीमा फर्कियौं ।

२८ सेप्टेम्बर २०१५

बैंकक यात्राको अन्तिम दिन, सपनाको संसार अर्थात् ड्रिम वर्ल्ड । बिहानै एउटा गाडी होटलमै लिन आइपुग्यो । ४५ किमी गुडेपछि त्यहाँ पुगियो । विभिन्न उत्तेजक क्रिकलापसहितको रमाइलो । थुप्रै फोटोहरू खिचियो तर मसँग उतिराम्रो क्यामेरा थिएन । सुरुमा सप्ताश्चर्यको मोडलहरू हेरियो । अनि पैलोपल्ट चार-डिको चलचित्र हेर्न पाइयो । ओहो सिसाका टुक्राहरू, पेचकिला आँखैतिर आएजस्तो लाग्ने, कैले मौरी र झिंगा आउँछ त कैले खुट्टातिर किरा कुद्छ । कानमा चमेरो चुइंया आउँदा सातो जाने गरि चिच्यायौं हामी । अनि पानी छ्यापेको दृश्यमा साँच्चै पानी आउने, हावा चलेकोमा साँच्चै हावा । सारो मजा पो हुने रहेछ ।

ड्रिम वर्ल्डभित्र रहेको स्नो वर्ल्डको प्रवेशद्वार

त्यसपछि एलियन सो हेरेर अन्तरराष्ट्रिय खाना खान गइयो । त्यहाँ हामीलाई १२ बजे खानाको प्रबन्ध गरेको रहेछ । ईण्डियन खाना बजे मात्रै पाइने भएकोले विदेशी खाना रोजेका थियौं डराई डराई किनभने कतिपय खानाहरू हाम्रो स्वादानुकूल नहुने गर्दछन् । परन्तु त्यहाँ खाना मीठो भयो । विशेषत: थाई खानामा चिनी हालिहाल्ने रहेछन् । जे पनि गुलियो हुने ।



खाना पछि हिमाली अनुभवको स्नो वर्ल्ड छिरेर फोटो खिच्ने र हिउँमा गुड्किने काम सकेर निस्क्यौं । हिउँलाई कसरी राख्न सकेको हो त्यसरी । छक्क पर्नुछ । त्यहीं बाहिर टाउको फुट्ने गर्मी छ भित्र हात गंग्रिने चीसो । आकाशमा हुईकिने ट्रली, मोनोरेल, सुपर स्प्ल्यास, अँध्यारोमा तल र माथि गर्दै कुद्ने रेल आदिको मजा लिइयो । सबै गर्न त अझै एक दिन लाग्थ्यो होला । जे होस् धेरैजसो काम गरेर बजे गाडीमा पस्यौं । त्यहाँबाट एमबिके भन्ने मार्केट जान हिडेको उत्पात जाममा परियो । तेसैले ट्रेनमा चढेर त्यता गयौं । फेरि हल्का किनमेल त भइहाल्यो । सुवर्णभूमि विमानस्थलको लागि ट्याक्सि लियौं । यसपल्ट मिटरमा चढेकोले ३५५ भाट मात्र खर्च भयो जबकि अस्ति जाँदा ५००भाट मागेको थियो र हामी मानेका पनि थियौं ।
केहिबेर विमानस्थलभित्रका सपिङ मलहरू घुमियो । विमान समयमै चल्यो । र बैंककलाई अन्धकारमा छोड्दै हामी कोलकातातिर लाग्यौं ।
यसरी अविस्मरणीय बनेर बित्यो थाइल्याण्डको राजधानीसम्मको यात्रा ।
धन्यवाद !

Comments

Popular posts from this blog

फोक्सुण्डो तालतिरकाे मनमाेहक यात्रा

Solukhumbu After 10 Years

लाङटाङ पदयात्रा र अनुभवहरू