Posts

Dental Specialists: Why ?

Image
दाँतको उपचारमा विशेषज्ञको भूमिका डा. विशाल बाबु बस्नेत, बिडीएस, एमडीएस भनिन्छ नि कच्चा वैद्यको मात्रा, यमपुरीको जात्रा । यो उक्ति स्वास्थ्यक्षेत्रमा सार्थक यस कारण पनि छ कि हाम्रोजस्तो विकासोन्मुख देश, त्यसमाथि पनि गरिबी र अशिक्षाले आक्रान्त देशमा धेरै जनसमुदाय पक्का चिकित्सकको सामु पर्दैनन् र कच्चा उपचारक अथवा अदक्ष व्यक्तिको सेवासल्लाह लिन बाध्य हुन्छन्, फलस्वरूप विभिन्न दु:ख, झन्झट र समस्या भोग्न विवश हुन्छन् । आज यस लेखमा डेन्टल स्वास्थ्यमा विद्यमान यसप्रकारका समस्याहरूलाई खोतल्ने र यस विषयमा जानकारीहरू प्रस्तुत गर्ने प्रयास गरिनेछ । धेरैजसोले दाँतको स्वास्थ्यलाई नकारिराहेका हुन्छन् र यो स्वास्थ्य विधामै पर्दैन जसरी सोच्ने गर्दछन् । अझ कतिले दाँतको डाक्टर हुन्छ, यसको पनि विशेष तरिकाले उपचार गर्नुपर्छ जस्ता कुरा विश्वासै गर्दैनन् ; दाँतको विशेषज्ञ पनि हुन्छ भन्ने कुरा त उनीहरूको लागि आश्चर्यको विषय बन्छ । यस्तो परिस्थिति र संस्कार अशिक्षित समुदायमा हुनु स्वाभाविक नै हो तर शिक्षितवर्ग पनि दाँतको विशेषज्ञ हुने कुरा सुन्दा नाक खुम्च्याउछन् र दाँतको पनि तेस्तो विशेष उपच...

Pokhara, Lekhnath, Tanahun

Image
पश्चिमतिरका तस्वीरहरू यसपालिको दशैँ दुई कविमा समर्पित भएर बित्यो | साहित्यमा रुचि राख्ने मान्छे भएको नाताले मलाई साहित्यनजिकका कुराहरुले स्पर्श गर्ने गर्दछन् | धेरथोर साहित्यिक रचनामा हात पनि हालेको र मौसमी सहित्यको रसस्वादन पनि गरी आएको मान्छे जो परियो |  भानुभक्तको जन्मस्थलमा स्थापित संस्कृत पाठशाला "ज्युँदै मरयाको भनी नाउँ कसको ? उद्यम बिना बित्दछ काल जसको |" यी पंक्तिका रचयिता नेपाली आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घा, तनहुँ पुग्ने अवसर जुट्यो यसपालि | लेखनाथ जन्मस्थल प्रवेशद्वार त्यस्तै पोखरा घुम्ने सिलसिलामा लेखनाथ नगरपालिकामा बास जुर्यो | यहाँबाट वेगनास ताल पुग्न सजिलो रहेछ | बाटोमा कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल पनि पर्ने रहेछ |  म खाऊँ मै लाऊँ सुख शयल वा मोज म गरू म बाँचूँ मै नाचूँ अरु सब मरुन् दुर्बलहरु भनी दाह्रा धस्ने अबुझ शठ देखी छक परी चिता खित्का छाडी अभयसित हाँस्यो मरिमरी । - कविशिरोमणि लेखनाथ पौड्याल पोखरा विचित्रको सहर रहेछ |  घुम्दै जाने क्रममा थुप्रै रमणीय स्...

THAILAND, BANGKOK, PATTAYA

Image
बैंकक, भाषा र रात्रिजीवन २१ सेप्टेम्बर २०१५ एफ्डीआइ नामक डेन्टल अर्गनाइजेसनको वार्षिक कार्यक्रम यो पालि थाइल्याण्डको राजधानी बैंककमा हुने तय भएको थियो । हामीले रजिस्ट्रेसन गरिसकेका थियौं , भिसा लागिसकेको थियो र डलर साटिसकेका थियौं । सेप्टेम्बर २१ को बिहानीपख विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट म र अन्य तीन जना दन्तचिकित्सक मित्रहरू निस्क्यौं । बन्दको डरले बिहान तीन बजे धरान छोडियो । धरानबाट घरमा निस्केर मेरो सामान लिएपछि गाडी -काँकडभिट्टातिर लाग्यो । काँकडभित्ता सिमाना, नेपाल हाम्रा गाडीचालक दाइले गाडि रफ्तार कुदाइराछन् र भन्दैछन् विदेश जानेहरूलाई धेरैपल्ट एयरपोर्ट पुराएँ तर भारतबाहेक अन्त गाछैन । गाडी चलाको २६ वर्ष भएछ उनले । अर्को गाडीमा हाम्रा गुरुहरू थिए | ६   बजे अध्यागमनबाट नेपाल छोडेको छाप लगाइयो र भारत प्रवेशको छाप लगाउन पारिपट्टि छिरियो । बागडोगरा विमानस्थल ७ बजे तिर आइपुगियो । कुराइ पट्यारलाग्दो थियो। वाईफाई फ्री भनिए पनि नटिप्ने रहेछ । बोर भो कुर्दा कुर्दा ; कोलकाता जाने   फ्लाइट ४:३५   को छ। साँढे एक बजेतिर बोर्डिङ पास लि...