Posts

गोसाइँकुण्ड पदयात्राको रोमाञ्चक अनुभूति

Image
पदयात्रा भन्नेबित्तिकै त्यो खास र विशेष हुन्छ नै, चाहे जसरी र जहिले गरियोस् । अथवा मलाई यस्तो लाग्छ । पहाड, हिमालतिरको पदयात्रा त एक किसिमको ध्यानजस्तो पनि लाग्छ । हरेक साल कतै गइन्थ्यो, पछिल्लो समय कोभिडको महामारीका कारण भ्रमण तालिकामा खालिपन आएको थियो । २०७६ सालमा सिन्धुपाल्चोकको पाँचपोखरी गइएको थियो । मैले मेरो २०७७ सालको तालिकामा चाहिं “महामारी” लेखिसकेको थिएँ । महामारी हल्का मत्थर भएको मौकामा सके त डोल्पाको शे-फोक्सुण्डो वा नभए कम्तीमा संखुवासभाको गुफापोखरी जान पाए त्यसलाई मेट्न पाइन्थ्यो कि भन्ने आशा थियो । झीनो आशामा सँधैको यात्री समूहमा केही सरसल्लाह पनि भयो । तर त्यही त हो, भनेजसरी फुर्सत सबैलाई कहाँ मिल्छ र?  गुफापोखरी लगभग निश्चित थियो, तर त्यहाँ जाँदा बाटोमा तीनजुरे-मिल्के-जलजले (टीएमजे) हुँदै गइन्छ र यसलाई ‘गुराँसको राजधानी’ मानिन्छ । यो पालि गुराँस नफुलेर पनि हामीले उचालिसकेको खुट्टा थाम्यौं र विभिन्न जात-प्रजातका गुराँस ढकमक्क फुलुञ्ज्याल कुर्ने निर्णय गऱ्यौं । लगभग यो वर्षको लागि कतै नगइएला कि भन्ने बेलामा नेपा-लयबाट मेरो पाण्डुलिपिसम्बन्धी फोन आयो र आखिर काठमाडौं ज...

Reading Don Quixote

Spanish author Miguel de Cervantes Saavedra is well-known for his famous book “Don Quixote” which was written and published in two parts [part 1, 1605, and part 2, 1615]. I had attempted to read this e-book [translator: Edith Grossman] a few years back but did not accomplish it because I had heard about its complexity. This year I managed pieces of times during break time and daily read few pages of the books and taking about two months starting from November 22,  2020, to January 18, 2021 [Mangsir 7 to Magh 5] I completed the first part, with 52 chapters in the first week of December then took another month to complete 74 chapters of the second part.  Here I briefly summarize the Don Quixote {DQ} in my understanding.  [SPOILER ALERT]  It is for my note only, readers are not encouraged to read further as it may spoil the original readings. Part One: DQ changed his name and departed to some places thinking he was a knight, thrashing people and punishing them for wrong...

रूखसँगका रूखिला स्मृतिहरू

Image
रूखहरूसँग साक्षात्कार गर्न पाउँदा मलाई कताकता अघोर आनन्दानुभूति हुन्छ । ट्रेकिङ जाँदा रूखहरूको बीचबाट गुज्रिएको बाटोमा सऱ्याक - सऱ्याक पातहरू बजाउँदै हिंड्दाको मजा अवर्णनीय छ । सिन्धुपाल्चोक  जिल्लाको पाँचपोखरी भ्रमणताका यस्तै पहेंला पातहरूमाथि हिंड्दा एकजना अग्रजले ती पातहरू देखाउँदै भन्नुभयो । - यो त हाम्रो गाउँतिर गाईवस्तुलाई खुवाउने फदेलो हो । म ेरो अर्को साथीले प्रश्न गरे - यही होइन र म्यापल ? हुन पनि सामाजिक सञ्जालहरूतिर हेर्न पाइने म्यापल नामको वृक्षको पात ठ्याक्कै त्यस्तै भएको मैले पनि पाएँ । मलाई फदेलोको पातले भन्दा पनि यसको नामले गर्दा नै एकपटक वनस्पतिहरू   र रूखहरूसँगको बाल्य - स्मृति लेख्न उक्सायो । बच्चा छँदा एकघण्टा पैदल हिंडेर विद्यालय गइन्थ्यो । बाटोभरि थुप्रै रूखहरू हुन्थे । बुट्यानहरू हुन्थे । घना जङ्गल त थिएन , तर रूखमय थियो गाउँ । काफल पाक्ने याममा हामी भुराभुरीहरू  काफलका रूख चढेर टन्नै काफल खान्थ्यौं । ऐंसेलु पाक्ने बेलामा काँडाहरूको पर्वाह नगरी ऐंसेलु टिप्थ्यौं र साथीभाइलाई पनि खुवाउँथ्यौं । कटुस बटुल्न लागिपर्थ्यौं । हामीलाई य...

पाँचपोखरी यात्रा र केही अजीब कुराहरू

Image
हरेक साल एउटा गन्तव्य जाने हाम्रो टोलीले यो पटक चयन गरेको ठाउँ थियो सिन्धुपाल्चोकको पाँचपोखरी - थाङपाल गाउँपालिकास्थित पाँचपोखरी । समुद्र सतहदेखि ४१००मिटरको उचाइमा रहेको यो धार्मिक तथा पर्यटकीय स्थानको विविध सांस्कृतिक महत्व रहेको छ । नाग कुण्ड , भैरव कुण्ड , सरस्वती कुण्ड , गणेश कुण्ड र सूर्य कुण्डका नामबाट चिनिने यी स - साना पोखरीहरूको छेवैमा महादेवको मन्दिर पनि छ र त्यहींबाट उत्पन्न हुन्छ इन्द्रावती नदी । काठमाडौंबाट २ दिनमै पुग्न सकिने यो ठाउँमा बस्न र खानको लागि त्यस्तो समस्या पनि देखिंदैन । छोटो पदयात्राको लागि उपयुक्त यो ठाउँको अन्य जानकारीतिर म केन्द्रित हुन चाहन्न । त्यस्ता कुरा अनेकौं ब्लग , भ्लग र युट्युवतिर छ्यालब्याल पाइने नै छन् । म बरु यस यात्रा दौरानका केही मनोत्तेजक अनुभवहरू समेट्न चाहन्छु । माइक्रो बसले मन्दिरछेउबाट टिपेपछि हामी (प्रभातरञ्जन , अशोक , दीपक , मन्नु , जमल , लक्ष्मण , विशाल) सातजनाको सानो टोली “ लाग्दैन धूलो गोडैमा , एमजी रोडैमा ” लगायतका गीत सुन्दै बनेपा - बर्दिबासको बाटो लम्कियो । आजभोलि बसयात्रामा प्राय नेपाली कर्णप्रिय...