Posts

फोक्सुण्डो तालतिरकाे मनमाेहक यात्रा

Image
२०८१ सालको कात्तिक ९ गते,  25 October 2024 पूर्व धरानबाट चारजना निस्कियौं । अंकिता, बलराम,  विज्ञ र म । याे यात्रा  फोक्सुण्डो ताल सम्मकाे हाे ।  शुक्रबार दिउँसाे ४ बजे इँटहरीबाट  गाडीमा निस्किएका हामी शनिबार बिहान नवलपुर पुग्छाैं खाजाचिया खान । काेहलपुर पुग्दा साँढे दुई बजेकाे छ र हाम्रो समूह नौ जनामा बदलिसकेको थियो। सुरेश, प्रतीक, विभा, जगदीश, सुवास थपिएका छन् । उनीहरूले नेपालगंजदेखि सुमो गाडी लिइसकेका छन् ।  अब कोहलपुरबाट यात्रा सुरु भयाे। कैलालीका  चलाख चालक छन् हाम्रा सारथि। गफाडी  छन् अलिलि। गाडीलाई सुर्खेततिर हान्न थाले उनले। राम्रो बाटो छ । सुर्खेतबजार नपुगी छिन्चुबाट जाजरकाेटकाे बाटाे लाग्छ गाडी ।  साँझमा हामी सल्यान जिल्लाको वनगाड कुपिण्डेमा पुग्यौं। नयाँ जिल्लामा पाइला राख्न उत्साहित थिएँ म । सानाे विश्राम लिइयाे यहाँ।   हामीलाई बाेक्ने सुमाे Driver र भूतका कहानी रातको  अँध्यारो छिप्पिएकाे थियो। हरेक यात्रामा Driverहरूले भूत-प्रेतका कथाहरू सुनाउने गर्दछन्। मैले रारा यात्रामा driverले भूत भेेटेको कुरा भनेकाे...

सुखद शनिबार, साँगुरीगढी हुँदै भेडेटार……..

Image
सिमल र फलेदोका फूलहरू चूपचाप  हर्क साम्पाङको वृक्षरोपण अभियानका बिरुवा   चैतको चार गते बिहानै पाँच बज्यो । योजना थियो भेडेटार जाने । धरानबाट करिब सोह्र-सत्र किलोमिटरको दूरीमा रहेको भेडेटार पुग्न सवारी साधनलाई त्यस्तै चालीस पैंतालीस मिनेट लाग्ला । धरान, इँटहरी, विराटनगरदेखि भारतका नजिकका क्षेत्रबाट छोटो फुर्सतलाई रमाइलो गरी बिताउने उचित गन्तव्य मानिन्छ भेडेटार । सस्तो पनि, नजिक पनि र समथर फाँटबाट हल्का उचाइ भएकोले मनोरम पनि लाग्ने यो ठाउँमा जाने तीन जनाको सल्लाह थियो । तर हामी जाँदै थियौं पैदलै । यसैले पनि विशेष लागिरहेको थियो । घोपाक्याम्पको गेटमा भेट भयो - बालरोग विशेषज्ञ श्यामदाइ, औषधिविज्ञान विशेषज्ञ भावेशदाइ र म । सवा पाँच बजे हिंडाइ सुरू भयो । सहर भर्खरै ब्युँझिदैथियो भने हाम्रा खुट्टा छिट्छिटो चल्दैथिए । साधारण गफगाफमा बाटो कटेको थाहै पो भएन । फुस्रे पुगियो । पिच बाटो सकियो र कच्ची बाटो ओरालो लाग्दै सर्दुखोलाको किनारतिर लागियो । एक घण्टा बितेछ । भावेशदाइले चिनेका एकजना वृद्ध त्यहाँ एक्लै बस्थे रे र साइकल चलाउँदै गएर गफिनुहुन्थ्यो रे । उनको कुराकानीमा आधारित लेख लेख्ने भा...

लाङटाङ पदयात्रा र अनुभवहरू

  दशैँ सकिनासाथ यात्रा गर्नुपर्छ भन्ने सल्लाह थियो । तर दशैँलगत्तै करिब देशैभरिको मौसम यात्रा गर्न मिल्ने खालको देखिएन । यसैले केही दिन कुरेर मौसमलाई सङ्लो हुन दिइयो । यसपछि एक शुक्रबार धरानबाट काठमाडौँ लागियो । अचम्मको कुरा बिहान माइक्रोबस कुर्न खडा भएको ठावैमा एक थान लौरो भेटियो । कसैले मेरो यात्राको लागि सुटुक्क छोडिदिएको उपहार भन्ठानी त्यसलाई लिइहालेँ । अन्यथा कतै बाटोमा किन्नुपर्ने वा खोज्नुपर्ने हुन सक्थ्यो । यात्रामा सामेल हुने अरु दुई मित्रहरूलाई शनिबार नै हिँड्नुपर्ने प्रस्ताव राखेँ । रात्रिकालीन ऊर्जा लिएँ र शनिबार बिहानी माछापोखरीको लागि बाटो तताएँ ।  पहिलो दिन (काठमाडौँ - स्याप्रुबेसी - बाम्बु) राम्रो खालको पर्यटक बसमा आरामदायी सीट पाइयो । भाडाचाहिँ हजार रहेछ । मेरो छेउमा यसपालि विदेशी पर्यटक थिए । पछिको सीटमा दुई जनासहित तीन जनाको टोली । यो यात्रा काठमाडौँदेखि रसुवा जिल्लाको स्याप्रुबेँसीसम्मको लागि र दूरी १२२ किलोमिटर अनि । करिब आठ बजेकलङ्की हुँदै थानकोट जाँदै थियो बस, यता मलाई थाम्नै नसकिने गरी पिसाबले च्याप्न थाल्यो । यस्तो अनुभव मैले कहिल्यै भोग्नुपरेको थिएन ।...

“पर्पल हिबिस्कस”मा के छ?

Image
  नाइजेरियाली लेखिका चिमामाण्डा ङोजि अदिचीको “हाफ अफ अ यलो सन” पढेपछि उनको लेखाइ, कथावाचन, घटना निर्माण अनि अफ्रीकी दुःखका कुराहरूप्रति यसरी आकर्षित भएँ कि मैले काठमाण्डौबाट उनको अर्को किताब “पर्पल हिबिस्कस” तुरुन्त मगाएँ । सायद किताब प्राप्त भएको केही महिना कुरेर मात्र पल्टाएँ किनभने म यसलाई विशेष तरिकाले मनाउन चाहन्थेँ । मलाई लेखिकासँगै प्रेम भइसकेको थियो । मैले उनको जन्मदिन पत्ता लाएँ र फेसबुक, ट्वीटर, इन्स्टाग्रामतिर होहल्ला गर्दै लेखेँ । जस्तो कि मेरो फेसबुक स्ट्याटस यस्तो थियो - “म आफ्नै बर्थडे नि वास्ता गर्दिनँ । बर्थडेको काम उही नागरिकता र राहदानीमा त हो भन्छु । तर अफ्रिकाकि एक कालीको जन्मदिन मनाउन लालायित छु। यिनी जन्मिएको त्यो दूर अफ्रिकामा १९७७ को सेप्टेम्बर १५ मा । यिनको दोस्रो किताब Half of a Yellow Sun पढेपछि म यिनीसँग प्रेममा परें। त्यसपछि मैले ५-७ महिनाअगाडि खोजीकन उनको पहिलो किताब Purple Hibiscus किनेँ र कुरेर बसेँ आजको दिन। उनैलाई बर्थडे विस् गर्दै यो किताब थालिंदैछ अब।  उनलाई थाहा नपाए पनि अनि उनले नेपाली भाषा नबुझे पनि who cares? जन्मदिनको शुभकामना दिंदैछु ...

गोसाइँकुण्ड पदयात्राको रोमाञ्चक अनुभूति

Image
पदयात्रा भन्नेबित्तिकै त्यो खास र विशेष हुन्छ नै, चाहे जसरी र जहिले गरियोस् । अथवा मलाई यस्तो लाग्छ । पहाड, हिमालतिरको पदयात्रा त एक किसिमको ध्यानजस्तो पनि लाग्छ । हरेक साल कतै गइन्थ्यो, पछिल्लो समय कोभिडको महामारीका कारण भ्रमण तालिकामा खालिपन आएको थियो । २०७६ सालमा सिन्धुपाल्चोकको पाँचपोखरी गइएको थियो । मैले मेरो २०७७ सालको तालिकामा चाहिं “महामारी” लेखिसकेको थिएँ । महामारी हल्का मत्थर भएको मौकामा सके त डोल्पाको शे-फोक्सुण्डो वा नभए कम्तीमा संखुवासभाको गुफापोखरी जान पाए त्यसलाई मेट्न पाइन्थ्यो कि भन्ने आशा थियो । झीनो आशामा सँधैको यात्री समूहमा केही सरसल्लाह पनि भयो । तर त्यही त हो, भनेजसरी फुर्सत सबैलाई कहाँ मिल्छ र?  गुफापोखरी लगभग निश्चित थियो, तर त्यहाँ जाँदा बाटोमा तीनजुरे-मिल्के-जलजले (टीएमजे) हुँदै गइन्छ र यसलाई ‘गुराँसको राजधानी’ मानिन्छ । यो पालि गुराँस नफुलेर पनि हामीले उचालिसकेको खुट्टा थाम्यौं र विभिन्न जात-प्रजातका गुराँस ढकमक्क फुलुञ्ज्याल कुर्ने निर्णय गऱ्यौं । लगभग यो वर्षको लागि कतै नगइएला कि भन्ने बेलामा नेपा-लयबाट मेरो पाण्डुलिपिसम्बन्धी फोन आयो र आखिर काठमाडौं ज...