हराइरहेको थियो । बिहानै अलिकति Laptop मा खसेको देखें । College पुग्दा थाहा भयो, अलिकति Register मा झरेको रहेछ । अलिकति Dental Chair हरूमा छरिएको पनि रहेछ । एकजना बिरामीको मुहारमा विरक्तलाग्दो ढङ्गले पोतिएको देखें । बानु चमेना घर को खातामा पोखिएको रहेछ थोरै । Thesis को मोटो ठेलीका सबैजसो खाली पानाहरूमा रङहीन भएर पोतिएको पनि रहेछ । Casting Furnace मा थुनिएर तातितै रहेछ, Acrylizer मा बाफिदै रहेछ, सिकारुको आँखामा चल्मलाउँदै रहेछ, सिकौटेहरूको ओठमा झुण्डिदै रहेछ । पुस्तकालय आएर हेरें, कैयौं पुस्तकका केवल पहिलो पन्नामै अल्मलिदै पनि रहेछ । थोत्रो Jacket उचालेर हेरेको त कटमटिएको मैलोमा टाँसिएको पनि रहेछ । खोज्दा खोज्दा छेमाको भट्टी मा पुगें, तोम्बाको सुइरोमा घुसारिएको देखें, सुर्तीको धूवाँमा उडेको चाल पाएँ । अलिकति त त्यै बाटोमा हिंड्दै गरेकी नवयौवनाको अत्तरमा पनि गन्हाउँदै मगमगाउँदै रहेछ । प्रेमिकाको पत्रमा जमेको रहेछ, पत्नीको परागमा बगेको रहेछ । आमाको सप्कोमा बाँधिएको थाहा पाएँ । बुवाको चस्मामा दागिएको याद भयो । साँझसम्म यत्रतत्र विवर्जित देखिरहें । कोठामा सुन्तलाको बोक्रास...