दशैं
काठमाडौंको सडक-सहरतिर दशैं हेर्ने रहर जागेर यसो निस्किएँ ।
एकहुल दशैं गाडीमा कोचाकोच कतै जाँदै थियो । स्यानो दशैं सडकको दायाँबायाँ उभिएर कराइरहेको थियो, "एक सय नव्बे, एकसय नब्बे ।"
अर्को दशैंले छेउमा आएर सोध्यो, "सयमा दिने?"
"मिल्दैन ।" पहिलो दशैंले मुख खुुम्च्याउँदै भन्यो । दोस्रो दशैं पनि निराशिएर फर्कियो । अलि पर्तिर ठूूलो भवनमा दुईतीनोटा दशैं खुुरुरु पसे । वातानुकूलित गाडीबाट सरर निस्किए ती दशैंहरू । तिनीहरूलाई हेरिरहेको अर्को दशैंले मुख मिठ्यायो । "कति हो भाइ?" अघि १९० भनिएको जिनिसको मूल्य सोध्यो । "३५०० हो, हजूरलाई ३२०० ।"
केही नभनी किनबेच भयो ।
दशैंहरू छताछुल्ल कुदिरहेका थिए । स-साना देखि ठूूल्ठूला दशैंहरू ।
......
Good presentation
ReplyDelete