Posts

के नेपाल ठूलो छ? - युग पाठक

पुस १८, २०७१- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जब नेपालको संसद्मा बुद्ध नेपालमा जन्मिएको उल्लेख गरे, तालीको गडगडाहट गुन्जियो। मानौं यही महान् वाणी सुन्न सबै आतुर थिए। त्यो तालीको गडगडाहट संसद्भवनका भित्तामा मात्र होइन, फेसबुक र ट्विटर अनि चियागफका सिलसिलामा पनि प्रतिध्वनित भइरह्यो। मोदीलाई थाहा थियो यसो भनिदिँदा यहाँ वाहवाही मिल्नेछ। उनले भन्दिए। हामी पनि मख्ख पर्यौं। बुद्ध नेपालमा जन्मिएका हुन् यस्तो लाग्छ यो एक उद्गार यस्तो मन्त्र हो, जसले हाम्रा सारा दुःखहरू हरण गरिदिनेछ। बुद्ध २५ सय वर्षअघि जन्मिएको विश्वास गरिन्छ, त्यसबखत नेपाल भन्ने देशको अस्तित्व कस्तो थियो भन्नेसम्म पत्तो छैन। तैपनि बुद्ध नेपालमै जन्मिएका थिए भन्ने कुरासँग हाम्रो यत्रो अपहत्ते किन? दार्शनिक-वैज्ञानिकहरू भन्छन्, प्रश्न नगरी प्रगति हासिल हुँदैन। वास्तवमा अन्धविश्वास र भ्रममा बाँच्न बडो सजिलो छ। प्रश्नले जवाफ खोज्छ र जवाफको खोजी कठिन हुन्छ। मान्छे प्रश्नहरूकै उत्पादन हो र प्रश्नकै कठिन बाटो हिँडेर उसले सभ्यता बनायो। तथापि सामान्यतया मान्छे सजिलो जीवन खोज्छ। जिन्दगीका जटिल प्रश्नतिर लाग्नुभन्दा भ्रम र अन्धविश...

Jhapa in 10 days

Image
जीवनका धेरैजसो मिठासहरू यसै मरेर जान्छ्न्- फगत एउटा प्रश्नले यसको अर्ध विराम लाग्ने जग्गामा पूर्ण विराम लगाउँछ । त्यो प्रश्न उहि चीरपरिचित हरिवंशले बोल्ने सवाद हो, "यसो गरे कसो होला ?" यै प्रश्न लाई सम्मान गर्नेहरू अघि लागिरहन्छ्न् जीवनपथमा अनी प्रश्नलाई नचलाउनेहरू रोकिईरहन्छन् यसै । जे होस् यो बेला मैले उठाउने विषय नेपालको सुदूर पूर्वको एक झलक हो । जहाँ न यो प्रश्नको बयान छ, न यसको न व्याख्या नै । बरु केहि तस्वीर हरू छन् त्यतैतिरका । हेरौं है त । The residence we occupied The imprint of elephant sole near our residence sunset Kalawalgudhi, name comes from it small pond and lotus sky through nut tree crops 

MOUNTAIN FLIGHT unplanned

Image
1 एउटा संयोग नै मान्नुपर्छ, मौसम खुल्नु, उडान सदाजस्तो ढिलो नभएर समयमा नै हुनु र म बसेको कुर्सी उत्तरतिर नै पर्नु । अर्को कुरा सायद नहुन पनि सक्छ तर मलाई लागेको चालकले त्यतैतिर उडाउनु । जे होस् सबै कुरा मिलेझैं भएको थियो र केही दिन अघि मात्र भारतका राष्ट्रपतिले बुद्ध एयरको विमानबाट नजर लगाएकै हिमश्रृंखलाहरुमध्येकै सेताम्मे हिमालका पंक्ति हेर्दै थिएँ म पुलकित हुँदै । ओहो चित्रकारले क्यानभासमा उतारेसरी ती दृश्यहरु  ज्यादै मनमोहक थिए । लहरै उभिएका विभिन्न आकारका हिमालहरुलाई म हतार हतार मेरो सानो हातेफोनको स्किृनमा कैद गर्न थालें । तस्वीरहरु उतिसारो स्पष्ट नहुन सक्छन् तथापि यो अंकमा तिनीहरुलाई स्थान दिनैपर्छ मैले । विमानस्थलबाटै देखिएको हिमाल (१)ले मलाई लोभ्याइसकेको थियो । जब उडान सुरु भएर जहाज आकासिन थाल्यो मेरो हर्षको सीमा रहेन । छेउको मान्छेको हातमा मजाकै आकारको स्मार्टफोन भए पनि मैले नलजाई हत्केलामै अट्ने फोन निकालेर क्लिक क्लिक पार्न थालिहालें हिमालका सुन्दर तस्वीरहरु (२,३,४) । 2 3 4 6 पहाड विकट छ, समस्याग्रस्त छ तर माथिबाट त सुन्दर पनि त रह...

जुत्ता र मन्दिर

Image
अक्सर मान्छेहरु भेटीपाती , फूलअक्षता , दानदक्षिणा , हाँसकुखुरा नलिई मन्दिर जाँदैनन् । तर म पुगेको थिएँ -   केवल समय लिएर । किनकि मेरो भाकल पनि थियो एकघण्टा मन्दिरमै विताउने । फाट्टफुट्ट हिंडिरहेका मान्छेहरु , तीक्ष्ण लामो ध्वनिमा बजिरहेको घण्ट , पुकारामा लीन अधबैंसे मान्छेहरु , फूलपाती किन्न आग्रह गर्दै गरेका व्यवसायीहरु , " ल नानीबाबूहरु ज्योतिषी हेराउँ" भन्दै कराइरहेका पण्डितबाजे , उड्दै गरेका एक हूल सारौं , सेल्फी लिनको लागि अनेक एंगल मिलाउँदै गरेका एक प्रेमजोडी ।   हावामा हल्लिरहेका टुप्पोविहीन बाँसहरुजस्तै म पनि एक कुनामा स्थाना रहेर दृश्यहरु नियाल्दै थिएँ । "जुत्ता खोल्नुस् ।" कतैबाट हठात् आवाज आयो ।   मैले आवाज आएपट्टि हेरें । भरखर दाह्री फुल्न थालेको तिलचामले दाह्री भएको मान्छे मेरो छेवैमा थियो । "हैन, म मन्दिरभित्र पस्ने हैन । यहीं बस्ने त हो ।" मैले स्पष्टीकरण दिएँ । "तर पनि जुत्ता खोल्नुस् । तपाईंकै लागि भन्द...