Posts

कथाको कथा

Image
कथाको कथा कथा उम्रनलाई उर्वर भूमि, जलवात र खनजोतको त्यत्रो विधि आवश्यकता पर्दैनरहेछ । अकस्मात् पानी परेझैं नीलो आकासबाट, अनि हरियाली छाएझैं मरुभूमिमा । हलक्कै बढ्दारहेछन् इच्छाका बिरुवाहरू । तिनीहरूमा कोपिला लाग्दारहेछन् आशाका । अनि फक्रिदारहेछन् चाहनाका फूलहरू । र, कथा सयपत्रीको पहेंलो थुँगाजसरी मुस्कुराउँदोरहेछ । नवीन अनुभूतिको नभमा उदाउँदोरहेछ जूनझैं । कथारम्भ कथाको आगमन यसरी अपर्झट भइदिन्छ । श्रोताहरू सुन्ने छैनन्, दर्शकहरू हेर्नेछैनन्, पाठकहरू पढ्नेछैनन् किनकि अनगिन्ति पर्दाहरूमा अनेक कथाहरू यसरी झुल्किरहँदारहेछन् । कसैले कुनै चासो नराखे पनि यो कथा अगाडि बढेको छ । अनगिन्ति नयनहरूमा कथाहरू यसरी नै नाच्दारहेछन् । कथारुपी फूलहरू सुवास छर्दारहेछन् अनेकौं कथाबस्तीहरूमा । यो कथामय संसारमा बेमेल कथाका समान पात्रहरू मिल्दाजुल्दा कथानक बोकेर मिसिदा पनि रहेछन् । त्यस्तै श्लेष कथाका नङमासुतुल्य चरित्रहरू नदीका दुई किनारा बनेर बग्दा पनि रहेछन् । यसैले पनि यो कुनै विशिष्ट कथा होइन । यस कथामा फुल्ने सुनगाभा र रमाउने मयुरहरू फगत यै कथाका लागि विशिष्ट होलान् । कथाको असरल्ल ताँतीमा अरु ...

होस्टेल : movie preview

Image
होस्टेल  चलचित्र होस्टेल हेर्दा नेपाली फिल्मी जगतमा पनि प्रशस्तै प्रगति भएको अनुभव भयो । कथावस्तु, अभिनय, संवाद, द्वन्द र दृश्यको यथेष्ट संयोजन रहेको यस चलचित्रले संवेगहरूको बहावलाइ पर्याप्त स्थान दिएको छ । अभिनय अब्बल छ । कथा लामो र उतारचढावपूर्ण छैन परन्तु परम्परागत नेपाली फिल्मझैं पट्यारलाग्दो तरिकाले (छोटो कथालाई) लम्ब्याइएको पनि छैन । भोटेकोशीको बन्जी,  डान्सक्लबको मस्ती, जङ्गलका दृश्यहरू, फूलबारी, तलाऊजस्ता लोकेशनमा गरिएको छायांकन तारिफयोग्य छ । कथाले सन्देश बोकेको छ भने प्रस्तुति नराम्रो छैन । हो, हलिउडसँगा तुलना गर्ने हो भने स्तर अवश्यमेव कम होला तर नेपालका कतिपय प्रेमकथामा आधारित फिल्म भन्दा उत्कृष्ट छ यो । एउटा कुरा - आफू पनि होस्टेलको जीवन गुजारेको अनुभवले गर्दा मलाई यस फिल्मले झन् छोएको चैं हो ।  अनि यी कलाकारहरूको मेहनत र जीवन्त अभिनय राम्रो छ । संवाद बोल्दा पढेजस्तो छैन; जुन धेरैजसो फिल्ममा हुन्थ्यो । अलिकति खट्केको कुरो हाँसेको चाहिं अलिक कृतृम नै छ । यसलाई भविष्यमा परिष्कृत तुल्याउनुपर्ने आवश्यकता देख्छु म । बाँकी राम्रो छ । 

EYE

Eye: (phrasal verbs and idioms) The sight was enthralling. I was feasting my eyes on it for a long time as she approached to the yard and yelled at me, “Come on,” her eyes popping out of her head. Having seen her keep her eyes peeled at me I couldn’t resist myself from reaching her. “Do not worry. Everything will be fine.” I said sitting beside her. “He was the apple of my eyes.” She started sobbing. I gently tapped on her shoulder and assured her. “You’re tired. First get shut-eye before noon. Then you will catch a red-eye train and by tomorrow you will get your eye candy daughter.” I smiled at her. She disappeared in the blink of an eye. While returning she brought a cup of coffee for me. Out of the corner of my eyes I saw her wiping her tears.

समय

Image
समय साँघुरिएको छ, खुम्चिएर सानो भएको छ । फूलहरू फुल्न छोड्दैनन् भँवराहरू घुम्न छोड्दैनन् वर्षाले बिर्सेको छैन बर्षन हाँसो, रोदन, उल्लास, आशा जीवनका अनगिन्ति तृष्णाहरू जिवितै रहन्छन् जीजिविषाहरू अवगुण्ठित भएर आफैंभित्र् तर लुकिरहन्छ भयानक अन्त्य किनकी अन्त्य निश्चित छ सबै सबै सौन्दर्यको र, इर्ष्या द्वेश र घमण्डको कालजयी छैन केही समय जतिसुकै फैलियोस यसरी नै यसको पनि अन्त्य निश्चित छ जसरी यो खुम्चिदैछ क्षीण हुँदै ।

तेह्रथुम र "मोडिफाइड बास" तरिका (यात्रा संस्मरण)

Image
मार्च १६, २००९ सोलुखुम्बु जाने रहर थियो जुन विविध कारणवश पूरा नहुने देखेपछि ओखलढुंगा जाने योजना बनाइयो । यस भ्रमणलाई नितान्त भ्रमण मात्र नभई शैक्षिक ढंगले पनि उपयोगी बनाउने जाँगर हामीमा थियो । यसैले एउटा अनुसन्धानात्मक प्रश्नावलीको खाका तयार पारियो, आवश्यक उपकरण जुटाइयो र तयारी पनि गरियो । तर त्यो पनि बन्दको कारणले सफल नहुने भएपछि बरु तेह्रथुमतिरको बाटो तताइयो । घर पुग्दा साँझको छ बजिसकेको थियो । आगन्तुक सहरीयाहरूको स्वागतार्थ सबै बसेका रहेछन् । स्थानीय स्कूलमा पढाउने दुई शिक्षकहरूसँग पनि भलाकुसारी भयो । केहीबेर पछि दिनभरिको थकानलाई बिसाउन हामी ओछ्यानतिर लाग्यौं । निद्रादेवीले चाँडै समाइन् । मार्च १७, २००९ पारिलो घामले डाँडालाई ढाकिसकेपछि जीउ तन्काउँदै हामी उठ्यौं । आज हामी स्कूल जाने कुरा थियो । कामको कुनै आशा थिएन । खाना खाइसकेपछि हामी लगभग पन्ध्र मिनेट उकालो चढेर स्कूल पुग्यौं । स्कूलको नाम कालिका प्रस्तावित माध्यमिक विद्यालय थियो । त्यहाँ पुगेर हामीले केहीबेर शिक्षकहरूलाई आफ्नो कार्यक्रमको बारेमा बतायौं ।  एकाध घण्टापछि हामी एउटा कक्षाभित्र पस्यौं । नाम...

नाइटोमहिमा

Image
शारीरिक धरातलको भौगोलिक केन्द्रबिन्दु नाइटो नै हो । कालो, गोरो, नीलो, रंगीन, महिला, पुरुष, वृद्ध, बच्चा जोसुकै होस् यसले आºनो फरक अस्तित्व बनाएको छ । नाभिस्थल वा नाभि मात्र भनेर पनि पुकारिने यो शरीरको महत्वपूर्ण परिचय भूँडीको पनि मध्यभागमा विराजमान हुन्छ । मानिसको जन्मअगाडि श्वासप्रश्वास, भोजन र निष्काशनको सबै जिम्मा पाएको यस्तो बहुआयामिक नाभिस्थलले जन्म भइसकेपछि ती कार्यभार अरुलाई दिएर आºनो बेग्लै पहिचान बनाएको हुन्छ । एउटी चञ्त्रल स्त्रीको गोलो नाइटोमा आँखा नपुऱ्याउने पुरुषहरू विरलै भेटिएलान् । भलै नाइटोको भूमिका हेर्ने र दृष्टिपान गर्ने भन्दा माथि नहोला । तर यो दृष्टिपानजत्तिको तृप्ति सायदै अरु क्षेत्रले दिन सक्लान् । यसैले त स्त्रीहरू पनि विभिन्न प्रपञ्चहरूबाट यस स्वाभिमानी अङ्गको प्रदर्शनमा लागिपरेकै हुन्छन् । यसैले नाइटो पुरातात्विक महत्वको एउटा अंगजस्तो देखिन्छ जसले जन्मअगाडि सारा जीवनको कार्यभार उठाए पनि जन्मपश्चात् केवल सौन्दर्यको साधनका रुपमा आफूलाई उभ्याएको छ । नाइटोको यस्तो अपरम्पार लीला हुँदाहुँदै पनि भैरव अर्यालले  ” जयभूँडी”को सट्टा जयनाइटो लेख्न नसक्नु आफैंम...

छोरालाई चिठी

छोरालाई चिठी syf !% jif{kl5 t“ c:kQfn k'Ug] lyO;\ . dnfO{ ;/fKg] lyO;\ / lwSsfg]{ lyO;\ . d]/f] h'gL, d]/f] hLjg / d]/f] of] sfo{nfO{ b'Tsfg]{ lyO;\ . To;}n] t“nfO{ t]/f] clwsf/af6 jl~rt ug'{k/]sf] a]lnla:tf/ !% jif{cufl8 g} t]/f] nflu n]v]sf] 5' k9\ . Ul/aL d]/f] kof{ojfrL aGof] . kf“r sIff aNntNn k9]/ ef/L af]Sg yfn]+ d . hLljsf ug{ ufx|f] lyof] t/ af“Rg ;lhnf] . b'O{ 5fs h]gt]g vfOGYof] . b'O6L alxgLnfO{ k/fO3/ k7fO;s]kl5 d c/alt/ nfu]+ . k};f sdfpg' g} lyof] . 3/df @ jif{cufl8 laxf u/]/ NofPsL gfd´}+ g} /fd|L cK;/f / bz dlxgfsf] Kof/f] 5f]/f] k|tLsnfO{ 5f]8]/ sf7df8f}+ hfg] uf8L r9\bf cK;/f slt /f]PsL lyO{ . d}n] p;sf] cf“;' k'5\bf cfÎg} cf“;' 5rlNsP/ g'lgnf]kg lhe|f];Dd k'u]sf] lyof] . aa'/f] k|tLsn] Tof] la5f]8nfO{ a'´]sf] lyPg . b'O{ jif{;Ddsf k|To]s ;dosf 6'qmfx¿ d]/f] ofqfel/ cf“vfdf 5fO/x]sf lyP . tL ;'dw'/ sNkgf, 76\6f, xf“;f], k|tLssf] hGd, ld7f;k"0f{ r'Dag, /dfOnf] ;f“´ / ...