Posts

मेडिकल शिक्षाका कुरा

साथीहरू ! मेडिकल कलेजको विषय ऐले चर्केको छ । सबैजना यसको बारेमा बोल्दैछन् । तर तथ्य के हो भने स्वास्थ्यक्षेत्रका माफिया र चिकित्सा पेशा सम्बद्ध स्वास्थ्य नीतिले गर्दा चिकित्सकहरु नारकीय जीवन बाँच्न विवश छन् । मुश्किलले ३ देखि ४ प्रतिशत चिकित्सकले मात्र छात्रवृत्तिमा पढेका छन्, बाँकीले निजी खर्चमा पढेका हुन्छन् । निजी खर्चमा MBBS र MD/MS पूरा गर्न कम्तिमा १ करोड सम्म लाग्दछ । र, MD/MS सकेर जागीर पाउन चर्को छ । यदि पाइहाले पनि अनि संस्थाप्रति पूर्ण प्रतिवद्ध रहेर काम गर्ने हो भने मासिक ५०,०००।– भन्दा बढी कमाउन हम्मेहम्मे छ । दत्तचित्त चिकित्सकले धेरै संस्थामा काम गर्दैनन्, दुईटासम्म गर्लान् । तसर्थ यस्ता चिकित्सकले आफ्नो श्रम र समयको पूर्ण उपयोग गरेर दुईटा अस्पत्तालमा काम गरेर करिब ५०,०००।– प्रति महिना कमाउँछन् । तर निजी खर्चमा पढ्नेहरुले बैंक (वा अरु श्रोत)बाट ऋण लिएका हुन सक्छन् । त्यसैले ऋण व्याजसहित चुक्ता गर्नु त पर्‍यो । प्रतिमहिना ५०,०००।– कमाइले १ करोडको ऋण चुक्ता गर्न करिब १७ वर्ष लाग्छ । १७ वर्षसम्म कठोर मेहनत गरेमा मात्र ऋणको सावा (१ करोड) बुझाउन सक्ने देखिन्छ (व्याजको त कुरै...

गजल 2

आखिर यो यात्रालाई बिसाउने दिन आयो माटोमै यो कायलाई मिसाउने दिन आयो ........... बिझाउँदा शत्रु बन्थे, रिझाउँदा मित्रहरू सबै आज दैवसँग रिसाउने दिन आयो ................. ताता रहरहरू उर्लन्थे मनभरि ती नश्वर तनसँगै चिसाउने दिन आयो ............... क्षणभङ्गुर रहेछ संसार अनन्त लाग्दथ्यो सृष्टिको जाँतोमा सत्य पिसाउने दिन आयो .................

अन्त्यमा भेटियो .........

Image
हराइरहेको थियो । बिहानै अलिकति Laptop मा खसेको देखें । College पुग्दा थाहा भयो, अलिकति Register मा झरेको रहेछ । अलिकति Dental Chair हरूमा छरिएको पनि रहेछ । एकजना बिरामीको मुहारमा विरक्तलाग्दो ढङ्गले पोतिएको देखें । बानु चमेना घर को खातामा पोखिएको रहेछ थोरै । Thesis को मोटो ठेलीका सबैजसो खाली पानाहरूमा रङहीन भएर पोतिएको पनि रहेछ ।  Casting Furnace मा थुनिएर तातितै रहेछ, Acrylizer मा बाफिदै रहेछ, सिकारुको आँखामा चल्मलाउँदै रहेछ, सिकौटेहरूको ओठमा झुण्डिदै रहेछ । पुस्तकालय आएर हेरें, कैयौं पुस्तकका केवल पहिलो पन्नामै अल्मलिदै पनि रहेछ । थोत्रो Jacket उचालेर हेरेको त कटमटिएको मैलोमा टाँसिएको पनि रहेछ । खोज्दा खोज्दा छेमाको भट्टी मा पुगें, तोम्बाको सुइरोमा घुसारिएको देखें, सुर्तीको धूवाँमा उडेको चाल पाएँ । अलिकति त त्यै बाटोमा हिंड्दै गरेकी नवयौवनाको अत्तरमा पनि गन्हाउँदै मगमगाउँदै रहेछ । प्रेमिकाको पत्रमा जमेको रहेछ, पत्नीको परागमा बगेको रहेछ । आमाको सप्कोमा बाँधिएको थाहा पाएँ । बुवाको चस्मामा दागिएको याद भयो । साँझसम्म यत्रतत्र विवर्जित देखिरहें । कोठामा सुन्तलाको बोक्रास...

गजल १

Image
written on :   August 30, 2011 at 2:39pm  ( विद्रुम छेत्री)   मनमा छैन विश्वास भने मन्दिर नै पस्छौ किन?  वर्षभरि शक्ति (energy,calorie) जमाई एकदिन व्रत बस्छौ किन?  चाडबाड संस्कार भन्दै इश्वरको नाम जप्छौ,  अर्काको शानमान देख्दा फेरि दाह्रा धस्छौ किन?  तिम्रो इश्वर खै कता छ, स्वर्ग उसको घर भन्थ्यौ,  मनभित्र ऊ छैन भने यी नाटकमा फस्छौ किन?  कुन भोकोले खान पायो, नाङ्गो अझै सडकमै छ,  तिम्रो इश्वर छैन भन्दा दह्रो मुठी कस्छौ किन?  यज्ञ होम दान धर्म तिमीलाई अब पुगेन र?  स्वर्ग जाने लालचामा फेरि चिप्लो घस्छौ किन?

पात्रको खोजीमा

Image
फेसबुकमा शृंखलाबद्ध ढंगले पात्रहरूको खोजी गर्दै जाँदा थाकेर त्यसको विसर्जन गरियो । अनि ती टुक्राटाक्रीलाई ग्ल्यु लगाएर हेर्दा यस्तो बनेछ । भोलि  के हुन्छ ? (part 2) मलाई राम्ररी थाहा छ , ऊ के सोचिरहेछ । ऊ मलाई बताउन चाहँदैन तर मैले एकेक जानकारी राखेको छु । बताओस् पनि कसरी ? म आखिर जनावर न हूँ । ऊ सोच्दैछ आफ्नो कथाको बारेमा । ऊ पात्रको खोजीमा छ । उसले अचम्मको कथा लेख्ने सोचेको छ । ऊ सोचिरहेको छ । एक्लै सम्झेर आफ्नै दुनियामा हराइरहेको छ । तर म उसलाई सम्पूर्ण रूपमा देखिरहेको छु , उसले सोच्ने हर कुरा छर्लंग बुझिरहेको छु । अब त अति भयो । कति साँध्नु मौनता । म उसलाई सम्झाउने निर्णय गर्दछु र भन्छु, " पात्र भेट्यौ त ?" झसङ्ग हुन्छ ऊ । यताउता हेर्छ । कसैलाई देख्तैन । परतिर टेबुलमा झिंगाहरू झुम्मिरहेकै छन् । कुकुरहरू त्यहिं आइपुगेका छन् । घामकिरीहरू सुनौलो प्रकाशमा उड्दै छन् बगैंचामा । ऊ उठ्छ र बस्छ । " इ : यता हेर , आफैंभित्र । म तिमीभित्रको जनावर ...

पात्रको खोजीमा

Image
फेसबुकमा शृंखलाबद्ध ढंगले पात्रहरूको खोजी गर्दै जाँदा थाकेर त्यसको विसर्जन गरियो । अनि ती टुक्राटाक्रीलाई ग्ल्यु लगाएर हेर्दा यस्तो बनेछ । भोलि  के हुन्छ ? (part 1) लेखन आरम्भ: 9/18/2013, 8.50pm समाप्ति:10/25/2013, 2:46AM सँगै निस्कियौं - ऊ र म । भेडाहरू चरिरहेका थिए । घाँससँगै भर्खर रोपिएको अशोकको सानो बिरुवा पनि चपायो एउटा भेडाले हेर्दाहेर्दै । गेट सानो भएकोले छिर्नेहरू आलोपालो गर्दै थिए । ऊ र मैले केही बेर कुर्यौं । अलि पर एउटी तरुनी लम्किंदै थिई । मैले उसका सेता पिडौलादेखि माथिसम्म हेरें । उसले मलाई घिसार्दै लग्यो । एउटा सानो प्वालमा तिनोटा बिरालाहरू अर्कोपट्टि जान कोचाकोच गर्दै थिए र कुनै पनि छिर्न सकेका थिएनन् । मास्तिर रूखको फेदमा एक जना मिठो मानेर केही खाँदै थियो । खोल्साको छेवैमा एक जोडी कुकुरहरू सम्भोगरत : थिए । उसले मलाई धकेल्यो र हामी अगि बढ्यौं । बाटोको परबाट माग्नेले एकजना सज्जनलाई सताइरहेको देखियो । रेष्टुरेण्टमा उसले चिया मगायो । पल्लो छेउम...

सचेतना

Image
यो चुनावको अगाडीको नागरिक  दैनिकबाट साभार पत्र ।