Posts

यादहरुको कुरा

जतिबेला जून थियो आकाशमा र पीपलको रूखका अनगिन्ति पातहरूले हामीलाई लुकाएका थिए जूनको दृष्टिबाट | त्यसै पल मेरा स्मृतिका अंशहरूमा, मेरो यादको हिस्साहरूमा घुल्दै गइछौ तिमी | यस्तो सम्मिश्रण बन्दै गएछ त्यो वर्षातमा रुझ्दै जंगललाई नियाल्दै गर्दा | कतिबेला मिसिएछु म तिमिभित्रै | पहाडको चीसो हावामा चंगाको डोरी जसरी लठारिदै एकबाट अनेक बनेका सपनाहरूमा नायिका बनिछौ तिमी र म नायक बन्दै गएछु | र, ती सबै सपनाहरूको केन्द्रमा हाम्रो प्रेम अंकुराउंदै गएछ | म सोच्तथें यी क्षणिक घटनाहरू हुन् | भेडेटारको मौसमजसरी परिवर्तित हुने नै छन् | मन्दिरको एक कुनामा हाम्रा हातहरू गाँसिदा मैले सोचेथें ईश्वरले त्यस कुनासम्म देख्ने छैनन् | होलीमा तिम्रो सर्वांग रंगीन बनाउँदै गर्दा मैले बुझिनँ मेरो हृदयमा तिम्रो संग्लो तस्वीर कुँदिदै गएको | बगरकोटमा तारन्तार गएर मिठो सुकुटी र सुँगुरको कान चपाउँदा मेरो जिभ्रो अल्मलिएको बेला तिम्रो मधुर स्पर्शले मेरो मन रंगमगिएको मैले चाल पाइनँ | खुकुरी रमले मस्तिष्क खल्बलिएर स्वर्गीय आनन्दमा डुब्दा तिम्रो अधरको कोमल चुम्बन हृदयको अन्तस्करणसम्म पुग्ने तरंग भनेर मैले जानिनँ | टाढासम्म हे...

तेस्रो शृंखला (पात्रको खोजीमा)

१. मेरा पात्र पुस्कर शाह (अघिल्लो शृंखलामा उनको अन्तर्वाता एफ एममा सुनेर उनी पात्र बनेका थिए) मेरै अगाडि बोल्दै थिए | "मलाई एक छाक खानुको न समस्या हो, जहाँ पुग्थें त्यहीं खानाको जोहो गर्थें | उदाहरणको लागि आजै मैले यहाँहरूलाई एक छाक खुवाउन आग्रह गरें भने कति जनाले खुवाउनु हुन्छ त ?" अडिटोरियम हलभरि खचाखच दर्शकहरू थिए | अगाडि पुष्करजी खानको याचना गर्दै थिए | दुईतीन जनाले हात उठाएको देखियो | उदाहरणकै लागि मात्रै पनि भीडका जम्मैले हात उठाएको भए के जान्थ्यो र ? आखिर उनको आशय विश्व यात्रामा निस्कदाको अनुभूतिलाई उदाहरणले स्पष्ट पार्नु मात्रै थियो | कठै तपाईं हाम्रो संकुचित मनहरू ! २. एउटा गित थियो र गीतसँग गाँसिएको संगीत थियो | त्यसले सम्झाउने क्षण थियो | त्यो क्षणको मधुर आकृति थियो | त्यस आकृतिलाई पछ्याउने फरक अवयवहरू थिए | ती अवयवहरूका ससाना अवशेषहरू थिए | त्यस्तै अवशेषहरू समाविष्ट मीठा पलहरुको थुप्रो थियो | प्रत्येक पलसँग गाँसिएका विचारहरू थिए | ती विचारलाई संग्रहित गर्ने योजना थियो | त्यस्तो योजना बोकेको योजनाकार थियो | र, त्यो योजनाकार नै मेरो पात्र थियो | तर आखिर यी सबै भर्...

कथाको कथा

Image
कथाको कथा कथा उम्रनलाई उर्वर भूमि, जलवात र खनजोतको त्यत्रो विधि आवश्यकता पर्दैनरहेछ । अकस्मात् पानी परेझैं नीलो आकासबाट, अनि हरियाली छाएझैं मरुभूमिमा । हलक्कै बढ्दारहेछन् इच्छाका बिरुवाहरू । तिनीहरूमा कोपिला लाग्दारहेछन् आशाका । अनि फक्रिदारहेछन् चाहनाका फूलहरू । र, कथा सयपत्रीको पहेंलो थुँगाजसरी मुस्कुराउँदोरहेछ । नवीन अनुभूतिको नभमा उदाउँदोरहेछ जूनझैं । कथारम्भ कथाको आगमन यसरी अपर्झट भइदिन्छ । श्रोताहरू सुन्ने छैनन्, दर्शकहरू हेर्नेछैनन्, पाठकहरू पढ्नेछैनन् किनकि अनगिन्ति पर्दाहरूमा अनेक कथाहरू यसरी झुल्किरहँदारहेछन् । कसैले कुनै चासो नराखे पनि यो कथा अगाडि बढेको छ । अनगिन्ति नयनहरूमा कथाहरू यसरी नै नाच्दारहेछन् । कथारुपी फूलहरू सुवास छर्दारहेछन् अनेकौं कथाबस्तीहरूमा । यो कथामय संसारमा बेमेल कथाका समान पात्रहरू मिल्दाजुल्दा कथानक बोकेर मिसिदा पनि रहेछन् । त्यस्तै श्लेष कथाका नङमासुतुल्य चरित्रहरू नदीका दुई किनारा बनेर बग्दा पनि रहेछन् । यसैले पनि यो कुनै विशिष्ट कथा होइन । यस कथामा फुल्ने सुनगाभा र रमाउने मयुरहरू फगत यै कथाका लागि विशिष्ट होलान् । कथाको असरल्ल ताँतीमा अरु ...

होस्टेल : movie preview

Image
होस्टेल  चलचित्र होस्टेल हेर्दा नेपाली फिल्मी जगतमा पनि प्रशस्तै प्रगति भएको अनुभव भयो । कथावस्तु, अभिनय, संवाद, द्वन्द र दृश्यको यथेष्ट संयोजन रहेको यस चलचित्रले संवेगहरूको बहावलाइ पर्याप्त स्थान दिएको छ । अभिनय अब्बल छ । कथा लामो र उतारचढावपूर्ण छैन परन्तु परम्परागत नेपाली फिल्मझैं पट्यारलाग्दो तरिकाले (छोटो कथालाई) लम्ब्याइएको पनि छैन । भोटेकोशीको बन्जी,  डान्सक्लबको मस्ती, जङ्गलका दृश्यहरू, फूलबारी, तलाऊजस्ता लोकेशनमा गरिएको छायांकन तारिफयोग्य छ । कथाले सन्देश बोकेको छ भने प्रस्तुति नराम्रो छैन । हो, हलिउडसँगा तुलना गर्ने हो भने स्तर अवश्यमेव कम होला तर नेपालका कतिपय प्रेमकथामा आधारित फिल्म भन्दा उत्कृष्ट छ यो । एउटा कुरा - आफू पनि होस्टेलको जीवन गुजारेको अनुभवले गर्दा मलाई यस फिल्मले झन् छोएको चैं हो ।  अनि यी कलाकारहरूको मेहनत र जीवन्त अभिनय राम्रो छ । संवाद बोल्दा पढेजस्तो छैन; जुन धेरैजसो फिल्ममा हुन्थ्यो । अलिकति खट्केको कुरो हाँसेको चाहिं अलिक कृतृम नै छ । यसलाई भविष्यमा परिष्कृत तुल्याउनुपर्ने आवश्यकता देख्छु म । बाँकी राम्रो छ । 

EYE

Eye: (phrasal verbs and idioms) The sight was enthralling. I was feasting my eyes on it for a long time as she approached to the yard and yelled at me, “Come on,” her eyes popping out of her head. Having seen her keep her eyes peeled at me I couldn’t resist myself from reaching her. “Do not worry. Everything will be fine.” I said sitting beside her. “He was the apple of my eyes.” She started sobbing. I gently tapped on her shoulder and assured her. “You’re tired. First get shut-eye before noon. Then you will catch a red-eye train and by tomorrow you will get your eye candy daughter.” I smiled at her. She disappeared in the blink of an eye. While returning she brought a cup of coffee for me. Out of the corner of my eyes I saw her wiping her tears.

समय

Image
समय साँघुरिएको छ, खुम्चिएर सानो भएको छ । फूलहरू फुल्न छोड्दैनन् भँवराहरू घुम्न छोड्दैनन् वर्षाले बिर्सेको छैन बर्षन हाँसो, रोदन, उल्लास, आशा जीवनका अनगिन्ति तृष्णाहरू जिवितै रहन्छन् जीजिविषाहरू अवगुण्ठित भएर आफैंभित्र् तर लुकिरहन्छ भयानक अन्त्य किनकी अन्त्य निश्चित छ सबै सबै सौन्दर्यको र, इर्ष्या द्वेश र घमण्डको कालजयी छैन केही समय जतिसुकै फैलियोस यसरी नै यसको पनि अन्त्य निश्चित छ जसरी यो खुम्चिदैछ क्षीण हुँदै ।

तेह्रथुम र "मोडिफाइड बास" तरिका (यात्रा संस्मरण)

Image
मार्च १६, २००९ सोलुखुम्बु जाने रहर थियो जुन विविध कारणवश पूरा नहुने देखेपछि ओखलढुंगा जाने योजना बनाइयो । यस भ्रमणलाई नितान्त भ्रमण मात्र नभई शैक्षिक ढंगले पनि उपयोगी बनाउने जाँगर हामीमा थियो । यसैले एउटा अनुसन्धानात्मक प्रश्नावलीको खाका तयार पारियो, आवश्यक उपकरण जुटाइयो र तयारी पनि गरियो । तर त्यो पनि बन्दको कारणले सफल नहुने भएपछि बरु तेह्रथुमतिरको बाटो तताइयो । घर पुग्दा साँझको छ बजिसकेको थियो । आगन्तुक सहरीयाहरूको स्वागतार्थ सबै बसेका रहेछन् । स्थानीय स्कूलमा पढाउने दुई शिक्षकहरूसँग पनि भलाकुसारी भयो । केहीबेर पछि दिनभरिको थकानलाई बिसाउन हामी ओछ्यानतिर लाग्यौं । निद्रादेवीले चाँडै समाइन् । मार्च १७, २००९ पारिलो घामले डाँडालाई ढाकिसकेपछि जीउ तन्काउँदै हामी उठ्यौं । आज हामी स्कूल जाने कुरा थियो । कामको कुनै आशा थिएन । खाना खाइसकेपछि हामी लगभग पन्ध्र मिनेट उकालो चढेर स्कूल पुग्यौं । स्कूलको नाम कालिका प्रस्तावित माध्यमिक विद्यालय थियो । त्यहाँ पुगेर हामीले केहीबेर शिक्षकहरूलाई आफ्नो कार्यक्रमको बारेमा बतायौं ।  एकाध घण्टापछि हामी एउटा कक्षाभित्र पस्यौं । नाम...