Posts

निर्देशन

ठूलो हल, अस्पष्ट ध्वनिले गुञ्जायमान छ । सबै आदेशको पर्खाइमा छन् । अकस्मात् सन्नाटा छाउँछ । निर्देशकले आवाज निकालेको छ । कसैले बुझेनन्, र पनि सबैले बुझे । निर्देशित एक पानीमा डुब्न गयो । त्यो पानीमा डुब्नु उसको जिम्मेवारी थियो । तर ऊ अलमलिनका लागि पानीमा मह मिसाइएको थियो । ऊ डुबिरह्यो, र पानीको छालसगै निर्देशित दुई तैरिन थाल्यो । निर्देशित दुईको लागि महको स्वाद कुनै मिठो थिएन, बरु पानीमा पर्नुको पीडा उसको रोदनमा व्यक्त थियो । निर्देशित तीनलाई असह्य भयो, उसले निर्देशित दुईलाई पानीबाट निकाल्यो र बर्गैचामा राख्यो । बल्ल निर्देशित दुईको मुहारमा कान्ति छाउन थाल्यो । निर्देशित चार यो सबै हेरिरहेको थियो । उसले पानीमा भएको मह छान्न जाली लगेर निर्देशित एकलाई दियो, बदलामा केही पायो । निर्देशित दुईका लागि बर्गैचामा आराम गर्ने बिछ्यौना दियो, बदलामा केही पायो । निर्देशित तीनका लागि एउटा डुंगा नै दियो जसबाट फेरि फेरि पानीमा तैरिएको कुनै निर्देशितको उद्धार सहज हुने थियो । निर्देशित चारको यस्तो रजाईं निर्देशित पाँचलाई मन परेन, चारलाई अप्ठेरो खडा गर्न ऊ तम्सियो । उसलाई फकाउन आर्जेको केही हिस्सा...

सेल्फीको कुरो

Image
 सेल्फी स्टिकमा टाँसिएको फोनबाट लिइएको तस्वीर १ कथाको सुरुवात गरिहालें, झर्को लागे नपढ्नुहोला ! सेल्फी हाल्नुभो त ? लु एउटा सेल्फी लिइहालौं   । क्यामेराबाट लिईएको तस्वीर (२) सेल्फीको उपयोगिता आजका सामाजिक सन्जालहरू (फेसबुक, ट्वीटर, इन्स्टाग्राम आदि)मा कति धेरै छ   । सुन्दैमा मिठो छैन त यो शव्द ? आज कथाकुथुंग्रीको विषयवस्तु यसैलाई बनाइदिएँ है त   । यसमा प्रयुक्त कुराहरू विविध अन्तरसंजालबाट साभार हुन्   ।  सर्वप्रथम कुरा गरौँ, सेल्फीको अर्थबाटै   । कोही अनभिज्ञ नहोला, सेल्फी भन्नाले आफनै तस्वीर आफ्नै क्यामेरा वा फोनबाट आफैंले कैद गर्ने प्रक्रिया हो   । यसमा सामान्यत: आफ्नै हात वा अन्य उपकरणको सहायताले तस्वीर लिइने गरिन्छ   । टाइमरको सहायताले पनि यस्तो तस्वीर सेल्फी शव्द आउनुअगाडि पनि लिइने गरिन्थ्यो, तर सेल्फीका पारखीहरू त्यस्ता तस्वीरलाई सेल्फी भनी हाल्दैनन्   ।  पहिलो सेल्फी यै हो रे, रबर्ट कर्नेलीयसको ! सन् १९३९ मा सुरुको परिभाषालाई आधार मान्दा आफ्नो तस्वीर आफैं खिच्ने मान्छे रबर्ट कर्नेलियस रहेछन् ...

कथाको भारीबाट केहि अंश

Image
हो, मलाई कथा सुनाउन मन छ, तपाईंहरूलाई सुन्न मन नलाग्न सक्छ | परन्तु मैले थालिसकेको छु, सुन्ने-नसुन्ने तपाईंको रहर ! (तस्वीर १) विमान चढ्नेसाथ उत्तेजित म, उसलाई भेटेपछि केहिबेर सन्तुलित भएँ | उसको आवरण आकर्षक नभए पनि तुरुन्तै छाप बनाउन सफल भैसकेकी थिई | सिटको अगाडीको भिडियो स्क्रिन हेर्ने तरिका सिकाउने देखि खानेकुरा मगाउने लगायतका कुराहरूमा सहयोग गर्न थाली | मैले आफ्नो विमानकै पहिलो अनुभव भएको भनेर निरीहपन प्रकट गरें | उसले आफ्नो वखान थाली, "म ऐले १९वर्ष त पुगें | तर मेरो प्राय समय विमानमै बित्छ | कैले सिंगापुर, कैले मलेसिया, कैले हंगकंग, कैले कोरिया | २-३ महिनामा एक करोड वचत हुन्छ |" म छक्क परें | उसले हेण्डीक्र्याफ्टको व्यापार गर्दीरहिछे | पहिले त पत्याईन मैले तर उसले विभिन्न ठाउँ पुगेको फोटो पनि देखाई | यथार्थ उही जानोस्, या इश्वर जानोस् | तर उसले यात्रामा रमाइलोपन ल्याइदिई | ट्रान्जिटमा के कसो गर्ने पनि सिकाइदिई | तस्वीर २ :- मेरो भ्रमणको उद्देश्यको सानो हिस्सा एउटा कार्यक्रममा पुग्नु पनि थियो | तर सायद यै एउटा तस्वीर खिचेर कार्यक्रममा सहभागिता जनाइयो | सिक्...

Story 1

कथा : विलम्वित प्रायश्चित ~ विशाल बी बस्नेत~ “डाक्टरसा’ब मलाई माफ गर्नुहोला……………….. ” यो मेरो मेलको अन्तिम पत्र थियो। कृसमसमा जानुपर्ने हुदा म आफ्नी श्रीमतीलाई कुर्न लगाइरहेको थिएँ तर यो मेलले मलाई नपढी जान दिएन। एकछिन त म आफैं छक्क परें, कसले पठायो होला सोच्न थालें कुनै त्यस्तो चिरपरिचित नाम थिएन तर लेखाइ सर्‍है परिचित झैं थियो। जति पढ्दै गएँ मलाई आफु २२-२४ वर्षको हुँदा धरानमा रहेर दन्तचिकित्साको विद्यार्थी भएको ती दिनहरुको स्मरण आउन थाल्यो। त्यो चीसो बिहानीमा धरानको आकाशमा स्पष्ट बादलका टुक्राहरू सल्बलाइरहेक थिए। मेरो मनभित्र आँधी सल्बलाएजस्तै। मेरो मन उद्विग्न थियो। चित्त चन्चल थियो। आत्तिइरहेको थिएँ म त्यो दिन। मैले मेरो पढाइको सिलसिलामा एउटा बच्चालाई सम्हाल्नु थियो, उसको उपचार गर्नुथियो। त्यो दिनदेखि नै हामीले सैध्दान्तिक रुपमा सिकेका कुराहरूलाई प्रयोगमा ल्याउनु थियो। म दन्तचिकित्साको पढाइ गर्दै थिएँ । आमा भन्नुहुन्थ्यो, “छोरा, दाँतको दु:खाइ त प्रसव बेदनापछिको दोस्रो पीडा हो, बाबु तैले त्यस्तो दर्द हटाउने अवसर पाएको छस्।” त्यसैले पनि मामाको कम्प्युटर इन्जिनियर बनाउन...

AVERAGE ZINDAGEE

औसत मान्छेहरूझैं औसत साधनहरूको सहायतामा औसत शैलीमा बाँच्नुलाई औसत जिन्दगी भन्न सकिन्छ | औसत स्तरको खानपान, रहनसहन, लवाइखवाइ, हिडडुल र औसत पद्धतिको अनुसरण गरिने यस्तो जिन्दगीको एउटा पात्रको बारेमा आज कुरो गरौँ | औसत अर्थात् ‘एभेरेज’ | एभेरेज जिन्दगीका लक्ष्यहरू सस्याना हुन्छन्, खुसीका पाटाहरू पनि पातला हुन्छन् | दु:खका श्रोतहरू पनि मसिना हुन्छन् | एभेरेज जिन्दगी साथीको पजेरोमा डाह गर्दैन, नभचुम्बी महलमा आँखा लाउँदैन, ब्रान्डेड जुत्ताको मोल सोध्दैन किनभने एभेरेज जिन्दगीले ती कुराहरू अर्कै जुनीलाई साँचेको हुन्छ | एभेरेज जिन्दगी कसैको पार्टीमा दुईटा लड्डु पाउँदा फुरुंग हुन्छ, गर्लफ्रेन्डको स्माइलीमा मख्ख पर्छ, साथीको फोन आउँदा बुर्कुसी मार्छ, आमाबाउको हाँसोमा नजानिदो तरिकाले खुसी हुन्छ | एभेरेज जिन्दगीलाई एउटै समस्या हुन्छ, रोगको | एउटा बलिष्ठ रोग नलागोस् उसको, उसको परिवारको, उसको छोराछोरीको, उसको आमाबाउको शरीरमा | बस्, पुगिहाल्यो | एभेरेज जिन्दगी काँधमा खर्पन बोकेर सहरमा निस्कन्छ | खर्पनको एकातिर उसको सपनाहरूको खात हुन्छ, जस्तै: साँझको लागि साग किन्ने, भोलिपल्ट विहानको लागि पाउरोटी किन्...

In Search of A Character

Image
पात्रको खोजीमा  (पाँचौं भाग)  1. S05, E01 बसमा यात्रुहरू कोचाकोच थिए । ठेलमठेल थियो । भीडमा बसेका यात्रुले "खै झोला दिनुस्" भनेर उठेका यात्रुलाई सहयोग गर्थे । बच्चा बोक्ने महिलाका लागि सिट छोड्दथे । अभाव, समस्या र कठिनाइ भए पनि उनीहरू सहिष्णु थिए, बुझ्झकी थिए, ज्ञानी थिए । किनभने देशमा गणतन्त्र आएको थियो । भर्खरै संविधान आएको थियो ।  यस्तैमा नक्सालबाट महाराजगंजतिर जाने त्यो बसमा एकजना महिला चढिन् । कोचाकोच भए तापनि उनले बसका अघिल्तिरका दुई सिट प्रष्टै देखिछिन् । ती सिटको मास्तिर " महिला सिट" लेखिएको पनि उनले देखिन् । र, तिनै सिटमा बसेका पुरुषलाई झनै मजाले देखिछिन् । "ल भाइ ट उट्नु परो । मइलाको सितमा काँ बस्याको ?" नेवारी लवजमा उनले भनिन् । केहीबेर पुरुषले आनाकानी गरे तर सकेनन् । अन्तत: महिलाले बस्न पाइन् । बसेपछि उनले मुस्काउँदै भनिन्, "क्या गर्नु, मइलाले पायाको अढिकार भनेकै यै एउता छ ।" बस यतिखेर शीतलनिवास पुगेको थियो । नजिकै "राष्ट्रपति भवन" लेखिएको बोर्ड देखियो । केहिदिन पहिले दोस्रो राष्ट्रपति निर्वाचन भएकोले सायद त्यसलाई...

दुधे दाँतको समस्या र उपचार

http://kantipur.ekantipur.com/news/2016-03-12/20160312101046.html (kantipur national daily) फाल्गुन २९, २०७२- हामीमध्ये धेरैलाई मानिसको पुरा जीवनमा दाँत दुईचोटी आउने तथ्य अवगत नै छ । मानिस जन्मेपछि २० वटा दाँत उम्रिन्छन् र यिनीहरू क्रमश: साटिन्छन् । वयस्कमा ३२ वटासम्म दाँत हुनेहुनाले बाँकी १२ दाँत भने पछि आउँछन्, जुन साटिँदैनन् । जन्मेपछि सुरुमा देखापर्ने दाँतलाई जनजिब्रोमा दुधेदाँत भनिन्छ । यी दाँतका परावर्तीय सूचक दूधसँग मिल्ने भएकाले यसो भनिएको हो । सामान्यतया बच्चा ६ महिना भएपछि मुखको अगाडितिरको च्यापुमा पहिलो दाँतहरू देखापर्छन् र लगभग ३ वर्षसम्ममा २० वटै दाँत आउँछन् । अनि ६ वर्षदेखि दाँत साट्ने प्रक्रिया सुरु भई १२–१३ वर्षसम्ममा सम्पूर्ण नयाँ दाँत आइसक्छन् । परन्तु कसैमा यो क्रम ढिलो—चाँडो हुनसक्छ । दुधे दाँतहरू पनि वयस्कमा हुने दाँतजस्तै खाना चपाउने प्रयोजनका लागि प्रकृतिले हामीलाई दिएको हो । तसर्थ खानालाई चपाएर मिहिन तुल्याएर पाचनयोग्य बनाउन दुधेदाँत सबल हुनु आवश्यक छ । यस बाहेक बढ्ने उमेरका बच्चाहरूको च्यापुको हाडको वृद्धि र विकासमा दुधे दाँतको भूमिका हुन्छ । यस्तो...