Posts

Solukhumbu After 10 Years

Image
केही समयअघि सोलुखुम्बूको सल्लेरी, नेले र काँगेल गाउँसम्मा पाइला पुर्‍याउन पाएँ । पूरा एक दशकपछि आफ्नो उद्गम भूमि पुग्दा विछट्ट खुसी लागेको थियो । मैले देखेका नवीन अनुभवहरू बाँड्न चाहन्छु म । चारपाङ्ग्रे सवारी गुड्न थालेछन् यहाँका बाटोमा (तस्वीर १); दशक अगाडी यो सपना थियो । थोरैबाहेक खास परिवर्तन रहेनछ स्कुलको रूपमा (तस्वीर २), सायद गुणमा अधिक परिवर्तन होला,  र होओस् पनि । म बसेर पढेको घर, मेरो मामाघर, दुरुस्तै रहेछ (तस्वीर ३) । अनि नेलेबजार (तस्वीर ४) उस्तै नै रहेछ । अनि त्यो बेला खन्दै गरिएको ठाउँमा अचेल चीलगाडी आउँदो रहेछ(तस्वीर ५), त्यसैमा चढेर काठमाडौं पुग्ने अवसर पनि पाएँ मैले । photo 1 photo 2 photo 3 photo 4 photo 5 समग्रमा एकदम रमाइलो अनुभव सँगालेर फर्किएँ म । 

पश्चात्ताप

खोलेकै थिई, बोलेकै थिई___ त्यो मन यो मनमा घोलेकै थिई_ कहाँ भो घात र तुषारापात_ ठण्डी र गर्मी छिचोलेकै थिई___ उतार चढाव जीवनको बहाव__ पीडा ती खुसीले मोलेकै थिई__ यो पश्चात्ताप उष्ण छ राप_ सहेर आफुलाई पिरोलेकै थिई__ गई ऊ पर, रित्तो भो घर__ दाउरामा रोटी पोलेकै थिई ।

February 14

प्रिय पूर्व प्रेमिका, मलाई माफ गर । मैले बिराएको छु । म अक्षम्य छु । मलाई लाग्छ यदि नर्कको कठोरतम  झ्यालखानामा कैयौ वर्ष राख्ने हो भने पनि मेरो पापको असूली हुँदैन होला । मैले तिमीलाई फेसबुकमा जवाफ दिएको थिएँ । तर स्प्रुमै अड्किएर कास्टिङमा नपुगेको मेटलजस्तै ती बाटोमै अड्किएछन् । त्यसैले तिम्रा एकोहोरो प्रश्नहरू थुप्रिएछन् । तिनको जवाफ लाउन खोज्दैछु । कृपया पढिदेऊ । हो, तिमीले भनेजस्तै हामीवीच समानता कमै थिएछन् । म्याक्जिलरी ट्रेमा अल्जिनेट हालेर म्यान्डिबुलर इम्प्रेसन लिन खोजेजस्तै हुन्थ्यो हाम्रो मिलन । तिमी अमाल्गमजस्ती काली, म कम्पोजिटझैं गोरो । लौ रङ ठूलो कुरा होइन होला तर तिम्रो र मेरो जात पनि त मिल्थेन । तिमी म्याक्जिलरी एन्टेरिअरहरूझैं सौखिन, उच्च खानदानकी, म परें म्यान्डिबुलर थर्ड मोलरझैं दुर्गमको, हेलाहोचो सहनुपर्ने र ताल परे उखेलिने जातको । तिमी धनवती सुनले बनाएको इन्लेजस्ती म त सामान्य कामजीवी । यी असमानताहरूवीच पनि मैले समानता खोजें । इडेन्टुलस मुखमा स्ट्रेप्टोकोकस म्युटान्स खोजेझैं, ग्रेड ३ हल्लेका दाँतमा क्राउन हाल्न खोजेझैं । तिमीले सम्झाएकी हौ । नबुझेको मैले नै...

मेडिकल शिक्षाका कुरा

साथीहरू ! मेडिकल कलेजको विषय ऐले चर्केको छ । सबैजना यसको बारेमा बोल्दैछन् । तर तथ्य के हो भने स्वास्थ्यक्षेत्रका माफिया र चिकित्सा पेशा सम्बद्ध स्वास्थ्य नीतिले गर्दा चिकित्सकहरु नारकीय जीवन बाँच्न विवश छन् । मुश्किलले ३ देखि ४ प्रतिशत चिकित्सकले मात्र छात्रवृत्तिमा पढेका छन्, बाँकीले निजी खर्चमा पढेका हुन्छन् । निजी खर्चमा MBBS र MD/MS पूरा गर्न कम्तिमा १ करोड सम्म लाग्दछ । र, MD/MS सकेर जागीर पाउन चर्को छ । यदि पाइहाले पनि अनि संस्थाप्रति पूर्ण प्रतिवद्ध रहेर काम गर्ने हो भने मासिक ५०,०००।– भन्दा बढी कमाउन हम्मेहम्मे छ । दत्तचित्त चिकित्सकले धेरै संस्थामा काम गर्दैनन्, दुईटासम्म गर्लान् । तसर्थ यस्ता चिकित्सकले आफ्नो श्रम र समयको पूर्ण उपयोग गरेर दुईटा अस्पत्तालमा काम गरेर करिब ५०,०००।– प्रति महिना कमाउँछन् । तर निजी खर्चमा पढ्नेहरुले बैंक (वा अरु श्रोत)बाट ऋण लिएका हुन सक्छन् । त्यसैले ऋण व्याजसहित चुक्ता गर्नु त पर्‍यो । प्रतिमहिना ५०,०००।– कमाइले १ करोडको ऋण चुक्ता गर्न करिब १७ वर्ष लाग्छ । १७ वर्षसम्म कठोर मेहनत गरेमा मात्र ऋणको सावा (१ करोड) बुझाउन सक्ने देखिन्छ (व्याजको त कुरै...

गजल 2

आखिर यो यात्रालाई बिसाउने दिन आयो माटोमै यो कायलाई मिसाउने दिन आयो ........... बिझाउँदा शत्रु बन्थे, रिझाउँदा मित्रहरू सबै आज दैवसँग रिसाउने दिन आयो ................. ताता रहरहरू उर्लन्थे मनभरि ती नश्वर तनसँगै चिसाउने दिन आयो ............... क्षणभङ्गुर रहेछ संसार अनन्त लाग्दथ्यो सृष्टिको जाँतोमा सत्य पिसाउने दिन आयो .................

अन्त्यमा भेटियो .........

Image
हराइरहेको थियो । बिहानै अलिकति Laptop मा खसेको देखें । College पुग्दा थाहा भयो, अलिकति Register मा झरेको रहेछ । अलिकति Dental Chair हरूमा छरिएको पनि रहेछ । एकजना बिरामीको मुहारमा विरक्तलाग्दो ढङ्गले पोतिएको देखें । बानु चमेना घर को खातामा पोखिएको रहेछ थोरै । Thesis को मोटो ठेलीका सबैजसो खाली पानाहरूमा रङहीन भएर पोतिएको पनि रहेछ ।  Casting Furnace मा थुनिएर तातितै रहेछ, Acrylizer मा बाफिदै रहेछ, सिकारुको आँखामा चल्मलाउँदै रहेछ, सिकौटेहरूको ओठमा झुण्डिदै रहेछ । पुस्तकालय आएर हेरें, कैयौं पुस्तकका केवल पहिलो पन्नामै अल्मलिदै पनि रहेछ । थोत्रो Jacket उचालेर हेरेको त कटमटिएको मैलोमा टाँसिएको पनि रहेछ । खोज्दा खोज्दा छेमाको भट्टी मा पुगें, तोम्बाको सुइरोमा घुसारिएको देखें, सुर्तीको धूवाँमा उडेको चाल पाएँ । अलिकति त त्यै बाटोमा हिंड्दै गरेकी नवयौवनाको अत्तरमा पनि गन्हाउँदै मगमगाउँदै रहेछ । प्रेमिकाको पत्रमा जमेको रहेछ, पत्नीको परागमा बगेको रहेछ । आमाको सप्कोमा बाँधिएको थाहा पाएँ । बुवाको चस्मामा दागिएको याद भयो । साँझसम्म यत्रतत्र विवर्जित देखिरहें । कोठामा सुन्तलाको बोक्रास...

गजल १

Image
written on :   August 30, 2011 at 2:39pm  ( विद्रुम छेत्री)   मनमा छैन विश्वास भने मन्दिर नै पस्छौ किन?  वर्षभरि शक्ति (energy,calorie) जमाई एकदिन व्रत बस्छौ किन?  चाडबाड संस्कार भन्दै इश्वरको नाम जप्छौ,  अर्काको शानमान देख्दा फेरि दाह्रा धस्छौ किन?  तिम्रो इश्वर खै कता छ, स्वर्ग उसको घर भन्थ्यौ,  मनभित्र ऊ छैन भने यी नाटकमा फस्छौ किन?  कुन भोकोले खान पायो, नाङ्गो अझै सडकमै छ,  तिम्रो इश्वर छैन भन्दा दह्रो मुठी कस्छौ किन?  यज्ञ होम दान धर्म तिमीलाई अब पुगेन र?  स्वर्ग जाने लालचामा फेरि चिप्लो घस्छौ किन?